२०२६ सम्ममा फक्सवागनले १० भन्दा बढी नयाँ मोडलहरू लन्च गर्ने

  • Technology Khabar | १० असार २०८३, बुधबार
२०२६ सम्ममा फक्सवागनले १० भन्दा बढी नयाँ मोडलहरू लन्च गर्ने
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

फक्सवागनले अझै पनि साना ह्याचब्याकदेखि पूर्ण–आकारको एसयूभीसम्म लगभग हरेक खण्डमा प्रतिस्पर्धा गर्न सक्ने बलियो स्थितिमा रहेको छ।

अटोमेकरको लागि विशेष गरी इलेक्ट्रिक सवारी साधन खण्डमा प्रतिस्पर्धालाई निरन्तरता दिने उद्देश्यले धेरै उत्पादनहरू लन्चका साथ यो वर्ष विशेष रूपमा व्यस्त सावित हुने टेलिग्राफले रिपोर्ट गरेको छ।

सोही समयमा एउटा मोडेल पहिले नै बजारबाट हटाइएको छ।

भीडब्ल्यू आईडी डट पोलो, भीडब्ल्यू आईडी डट क्रस, भीडब्ल्यू आईडी डट ३ नियो, भीडब्ल्यू गल्फ र टी–रक फुल्ली हाइब्रिड, भीडब्ल्यू आईडी डट ४, फक्सवागन एटलस, भीडब्ल्यूः द चाइनिज अफेन्सिभ जस्ता नयाँ मोडलहरूमा आउने अपेक्षा गरिएका छन्।

त्यसैगरी अफेन्सिभमा आईडी डट इरा ९एक्स, आईडी डट युनिक्स ०८ र स्वतन्त्र जेट्टा ब्रान्डको एसयूभी अवधारणा पनि समावेश छन्।

प्रकाशित: १० असार २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...