सामसङ ग्यालेक्सी जेड फोल्ड८, फोल्ड८ अल्ट्रा र फ्लिप८ को रङ्ग र स्टोरेज विकल्पहरू लीक

  • Technology Khabar | १० असार २०८३, बुधबार
सामसङ ग्यालेक्सी जेड फोल्ड८, फोल्ड८ अल्ट्रा र फ्लिप८ को रङ्ग र स्टोरेज विकल्पहरू लीक
सामसङ ग्यालेक्सी जेड फोल्ड८ (चौडा) र ग्यालेक्सी जेड फोल्ड८ अल्ट्राको डमी युनिटहरू। फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

सामसङले आगामी महिना लन्डनमा आफ्नो अर्को अनप्याक्ड कार्यक्रम आयोजना गर्ने हल्ला चलिरहेको छ। कम्पनीले उक्त कार्यक्रममा ग्यालेक्सी जेड फोल्ड८, ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा र ग्यालेक्सी जेड फ्लिप८ सँगसँगै ग्यालेक्सी वाच२ र ग्यालेक्सी वाच९ अनावरण गर्ने अपेक्षा गरिएको छ।

मंगलबार एउटा नयाँ लीकले आगामी फोनहरुको रङ्ग र स्टोरेज विकल्पहरूको बारेमा विवरणहरूको खुलासा गरेको छ। ग्यालेक्सी फोल्ड८ (वाइड) क्रिम, ग्रेफाइट, ल्याभेन्डर र पिस्ताचियो रङ्गहरुमा आउनेछ। साथै डिभाइस २५६जीबी, ५१२जीबी र १टीबी स्टोरेज विकल्पहरूमा उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

ग्यालेक्सी फोल्ड८ अल्ट्रा क्रिम, ग्रेफाइट, ग्रीन श्याडो र भायोलेट श्याडो रङ्गहरुमा आउनेछ। ग्यालेक्सी फोल्ड८ अल्ट्रा २५६जीबी, ५१२जीबी, र १टीबी स्टोरेज विकल्पहरूमा उपलब्ध हुनेछ। अल्ट्रा गत वर्षको ग्यालेक्सी जेड फोल्ड७ को उत्तराधिकारी भएको बताइएको छ।

ग्यालेक्सी जेड फ्लिप८ क्रिम, ग्रेफाइट, मिन्ट र गुलाबी रङ्गमा २५६जीबी र ५१२जीबी स्टोरेज विकल्पहरूमा आउनेछ। विगतका लीक अनुसार फ्लिप८ ले केही बजारहरूमा एक्सिनोस २६०० चिपसेट प्रयोग गर्नेछ। डिभाइसमा क्रिज–फ्री डिस्प्ले र नयाँ हिञ्ज पनि हुने बताइएको छ। दुबै फोल्ड८ मोडेलहरू स्न्यापड्रागन ८ एलिट जेन ५ एसओसीद्वारा सञ्चालित हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १० असार २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...