फोल्डेबल आईफोन अल्ट्राको लन्चमा ढिलाई नहुने लीकस्टरको दाबी

  • Technology Khabar | ४ असार २०८३, बिहीबार
फोल्डेबल आईफोन अल्ट्राको लन्चमा ढिलाई नहुने लीकस्टरको दाबी
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

सोमबार देखा परेको रिपोर्टहरूले फोल्डेबल आईफोन अल्ट्राको लन्चमा अर्को वर्षको सुरुसम्म ढिलाई हुने दाबी गरेको थिए भने लीकस्टर फिक्स्ड फोकस डिजिटलले उक्त रिपोर्टहरू गलत भएको विश्वास व्यक्त गरेको छ।

एफएफडीका स्रोतहरूका अनुसार उत्पादन क्षमता सीमित भएको तर त्यसको अर्थ भने डिभाइसको घोषणामा ढिलाई नहुने भनि उल्लेख गरिएको छ। साथै, अल्ट्रालाई मूल योजना अनुसार सेप्टेम्बरमा आईफोन १८ प्रो मोडेलहरूसँगै अनावरण गरिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

फोल्डेबलको वास्तविक रिलीजमा ढिलाई हुन सक्छ, तर त्यो अवधी बढीमा एक महिना मात्र हुन सक्ने लीकस्टरले दाबी गरेको छ।

फोल्डेबल आईफोनको बारेमा ढिलाइ भएको भन्ने रिपोर्टहरू कुनै नयाँ कुरा नभएको र तिनीहरूलाई वर्षौंदेखि देखिरहेको उल्लेख गरिएको छ।

यो वर्ष विशेष गरी, ब्लूमबर्गका मार्क गर्मन र बार्कलेजका टिम लङ दुवैले सेप्टेम्बरको रिलीज नहुन सक्ने संकेत गरेका छन् भने लङले एप्पललाई वास्तवमा एकाइहरू ढुवानी सुरु गर्न डिसेम्बरसम्म लाग्न सक्ने सुझाव दिएका छन्।

प्रकाशित: ४ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...