काठमाडौं ।
ह्वावेले कम्पनीले अब ट्राई–फोल्ड डिजाइनलाई फ्लिप–फोल्डेबल खण्डमा विस्तार गर्न खोजिरहेको जस्तो देखिएको छ। एक्सलिक्स७ एक्स पोस्टफास्टद्वारा साझा गरिएको नयाँ पेटेन्टले भर्टिकल (ठाडो) ट्राई–फोल्ड डिजाइन प्रदर्शन गरेको छ र बजारमा कुनै पनि ब्रान्डबाट अहिलेसम्म यस्तो डिभाइस नदेखिएको उल्लेख गरिएको छ।
यो अवधारणा निकै प्रभावशाली देखिएको उल्लेख गरिएको छ। मेट एक्सटी अल्टिमेट जस्तै, भर्टिकल ट्राई–फोल्डमा दुईओटा हिञ्जहरू रहेका छन् र त्यसले डिभाइसलाई सफासँग कम्प्याक्ट फर्म फ्याक्टरमा रिट्रयाक्ट हुन मद्दत गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
एस–आकारको डिभाइस खुल्दा ठूलो स्क्रिन रहेको देख्न सकिनेछ र भने यो आफ्नो आकारको १/३ सम्म संकुचित गर्न सकिने बताइएको छ। साथै पेटेन्ट विवरणमा फोन फोल्ड गर्दा हुने सिग्नल लस कम गर्न मद्दत गर्ने विशेष सिल्ड रहेको उल्लेख गरिएको छ।
ह्वावेले यो पेटेन्टलाई वास्तविकतामा ल्याउनेछ कि छैन भनेर हेर्न पर्खनु पर्ने उल्लेख गरिएको छ।
प्रकाशित: ४ असार २०८३, बिहीबार