इनोभेन्चर्स एआई इन्कको स्प्रिङबेस एआई नेपालमा उपलब्ध

  • Technology Khabar | ४ असार २०८३, बिहीबार
इनोभेन्चर्स एआई इन्कको स्प्रिङबेस एआई नेपालमा उपलब्ध

काठमाडौं ।

संयुक्त राज्य अमेरिकाको डेलावेयरमा प्रधान कार्यालय रहेको इनोभेन्चर्स एआई इन्कले पूर्ण एआई अपरेटिङ सिस्टम ‘स्प्रिङबेस एआई’ नेपालमा आधिकारिक रुपमा उपलब्ध गराएको छ।

हाल विश्वभरका प्रोफेसनल र संस्थाहरूले प्रयोग गर्दै आएको यो प्लेटफर्म अब नेपालका नयाँ पुस्ताका प्रतिभा, व्यवसाय र संस्थाहरूका लागि उपलब्ध भएको छ।

स्प्रिङबेस एआई अवधारणादेखि कार्यान्वयन र लक्ष्यदेखि नतिजासम्म पुग्न सहज बनाउने उद्देश्यले तयार पारिएकोे यस प्लेटफर्मले कम्पनीको ज्ञान र बैठकका तथ्यांकहरूलाई रिपोर्ट, परियोजना विवरण, प्रस्ताव, ड्यासबोर्ड र पुनः प्रयोग गर्न मिल्ने कार्यप्रवाह जस्ता व्यवस्थित नतिजाहरूमा रूपान्तरण गर्न सक्षम बनाउँछ।

‘व्यावसायिक कम्पनीहरु दिन प्रतिदिन बढ्दै गइरहेका एआई उपकरणहरूको चुनौतीहरुसँग जुधिरहेका छन्। उनीहरूलाई यस्तो एकीकृत समाधानको अभाव छ जसले सन्दर्भ बुझोस्, कामको योजना बनाओस् र टोलीले वास्तविक रूपमा प्रयोग गर्न सक्ने नतिजा निकाल्न विभिन्न उपकरणहरूमाझ समन्वय गरोस्। हामीले नेपालमा यही प्रविधि ल्याएका हौं,’ स्प्रिङबेस एआईका सह–संस्थापक भरत गोल्छा भन्छन्। उनका अनुसार उत्पादकत्वप्रति गम्भीर रहेका व्यक्ति, टोली र संस्थाहरूका लागि स्प्रिङबेस एआईले एआईसँग काम गर्ने नयाँ तरिका प्रदान गर्दछ।

कम्पनीका अनुसार यो प्लेटफर्मले एआई–सहायता प्राप्त कार्यहरूका लागि एक व्यवस्थित कार्यप्रवाह प्रदान गर्दछ। प्रयोगकर्ताहरूले आफ्नो विशिष्ट लक्ष्य प्रविष्ट गरेपछि सम्पादन योग्य योजनाको समीक्षा गर्न सक्छन् र आफ्नै कागजात तथा व्यावसायिक सन्दर्भका आधारमा नतिजा प्राप्त गर्न सक्छन्। यसबाट प्राप्त भएका नतिजाहरूलाई सम्पादन गर्न, शेयर गर्न, निर्यात गर्न वा भावी प्रयोगका लागि ‘रेसिपी’ का रूपमा सुरक्षित गर्न सकिन्छ।

‘नेपालमा एआईको सम्भावना र यथार्थबीचको दुरीलाई कम गर्न स्प्रिङबेसको डिजाइन गरिएको हो। यस सुरुवातसँगै नेपाललाई आधिकारिक रूपमा एआई युगमा प्रवेश गराउन पाउँदा हामी उत्साहित छौँ,’ स्प्रिङबेस एआईका सह–संस्थापक आकाश जाटिया भन्छन्, ‘नेपालसँग प्रतिभा र महत्वाकांक्षा दुवै छ; हामी त्यो प्रतिभालाई विश्वव्यापी मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन आवश्यक सुरक्षित र विश्वस्तरीय पूर्वाधार उपलब्ध गराइरहेका छौं।’

यो प्लेटफर्म आजैबाट नेपालका प्रोफेसनल र संस्थाहरूका लागि करसहित प्रति महिना १,४९९ रुपैयाँमा उपलब्ध छ।

प्रयोगकर्ताहरूले आफ्नो डाटामा पूर्ण स्वामित्व र नियन्त्रण कायम राख्दै स्प्रीङबेस.एआइमा सिधै दर्ता गर्न सक्छन्। माइन्ड स्न्याक प्राइभेट लिमिटेडले नेपालमा इनोभेन्चर्स एआई इन्क.को आधिकारिक कन्ट्री पार्टनरका रूपमा काम गर्नेछ र स्थानीय स्तरमा अनबोर्डिङ, तालिम, एआई कार्यान्वयन र कार्यप्रवाह एकीकरणमा टोलीहरूलाई सहयोग गर्दै ग्राहकको सफलता सुनिश्चित गर्नेछ।

स्प्रिङबेसको लक्ष्य सफ्टवेयरमा पहुँच पुर्याउनु मात्र नभई संस्थाहरूभित्र व्यावहारिक एआई क्षमताहरू विकास गर्नु भएको कम्पनीले जनाएको छ। कार्यान्वयनमा जोड दिँदै यस प्लेटफर्मले प्रयोगकर्ताहरूलाई बैठकका टिपोटहरू र छरिएका जानकारीहरूलाई स्पष्ट कार्य र स्वचालित कार्यप्रवाहमा रूपान्तरण गर्न मद्दत गर्दछ।

प्रकाशित: ४ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...