काठमाडौं ।
काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले नयाँ सिरिजमा स्मार्टफोनहरु लन्च गर्ने घोषणा गरेको छ । कम्पनीले साओमी सीसी सिरिजमा नयाँ स्मार्टफोनहरु ल्याउने भएको हो ।
कम्पनीका सिईओ लिउ जुनले हालै नयाँ सिरिजमा स्मार्टफोन लन्च गर्ने जानकारी दिँदै एमआई सिसि९ (Mi CC9) र एमआई सिसि९ई (Mi CC9e) स्मार्टफोन पहिलो चरणमा लन्च गर्ने बताए ।
सिसिको अर्थ कलरफूल एण्ड क्रिएटिभ भएको बताईएको छ, जसलाई साओमी टिम चीक एण्ड कूल ९० टिमले विकास गरेको हो ।
कम्पनीले आफ्नो नवौं वार्षिकोत्सवको अवसर पारेर एमआई सिसि सिरिज ल्याउने जानकारी दिएको छ । कम्पनीको एमआई र रेडमी सिरिज भन्दा छुट्टै र फरक स्मार्टफोनहरु ल्याउने जुनले जानकारी दिए । यो सिरिजलाई युवालक्षित बनाईएको छ र यसलाई ट्रेण्डसेटरमाझ पुर्याउने लक्ष्य राखिएको छ ।
नयाँ फोनमा ‘साओमी एक्स मेईटू एआई एस्थेटिक्स ल्याब’को कन्सेप्ट राखिने छ । यसमा एडभान्स क्यामरा हार्डवेयर र ब्यूटी टेक्नोलोजीको संयोजन हुनेछ ।
यो फोन बजारमा कहिले लन्च गरिन्छ भन्ने जानकारी खुलाईएन् ।
प्रकाशित: ६ असार २०७६, शुक्रबार