छापिएर आइसकेका ब्याकलग लाइसेन्स लिन आउन यातायात व्यवस्था कार्यालय एकान्तकुनाको आग्रह

  • Technology Khabar | २९ जेष्ठ २०८३, शुक्रबार
छापिएर आइसकेका ब्याकलग लाइसेन्स लिन आउन यातायात व्यवस्था कार्यालय एकान्तकुनाको आग्रह

काठमाडौं ।

बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र (एकान्तकुना) ले सन् २०२२ जुलाईपछि आवेदन दिएका सेवाग्राहीहरूको ब्याकलग सवारी चालक अनुमतिपत्र छापिएर कार्यालयमा आइपुगेको जनाएको छ।

कार्यालयले सूचना जारी गर्दै छापिएका लाइसेन्स सम्बन्धित सेवाग्राहीले कार्यालयको वेबसाइटमा आफ्नो विवरण प्रविष्ट गरी लाइसेन्स छापिएको अवस्था यकिन गर्न सक्ने जनाएको छ।

लाइसेन्स छापिएको पुष्टि भएपछि सेवाग्राहीले सक्कल रसिदसहित कार्यालयमा उपस्थित भई तोकिएको कक्षमा प्राप्ति नम्बर (RECEIVED_ID) भरेर आफ्नो लाइसेन्स बुझ्न सक्नेछन्।

कार्यालयका अनुसार लाइसेन्स कार्यालयमा आइपुगेको वा नआएको जानकारी क्यूआर स्क्यान गरी अथवा वेबसाइटमार्फत पनि जाँच गर्न सकिने व्यवस्था गरिएको छ।

यस्तै, नागरिक एपमा लाइसेन्स ‘प्रिन्ट भएको’ देखिए पनि केही समयसम्म भौतिक लाइसेन्स कार्यालयमा नआउन सक्ने भएकाले कार्यालयमा आउनुअघि अनिवार्य रूपमा वेबसाइटमा जाँच गर्न अनुरोध गरिएको छ।

सेवाग्राहीले थप जानकारीका लागि कार्यालयको वेबसाइट तथा सम्पर्क माध्यम प्रयोग गर्न सक्ने कार्यालयले जनाएको छ।

प्रकाशित: २९ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार