
काठमाडौं ।
गत जनवरीमा, रियलमीले आफ्नो १०,००१एमएएच ब्याट्रीसहितको रियलमी पी४ पावर प्रस्तुत गरेको थियो। त्यसबेलादेखि, ब्याट्री क्षमता, चिपसेट पर्फर्मेन्स, क्यामरा र डिस्प्ले गुणस्तरको विभिन्न संयोजनहरू प्रदान गर्ने धेरै पी४ मोडेलहरू आएका छन्। त्यसैगरी अब कम्पनी अर्को एक नयाँ सदस्य प्रस्तुत गरेको छ।
रियलमी पी४आर मा ८,०००एमएएच ब्याट्री रहेको छ र यो पी४ पावर पछि सिरिजमा दोस्रो ठूलो ब्याट्री क्षमाता भएको उल्लेख गरिएको छ। यो ब्याट्री छिटो ४५वाट चार्जिङ (पीपीसी सहित) भएको सिलिकन/कार्बाइड ब्याट्री भएको बताइएको छ। रियलमीले पी४आरको ब्याट्री एकल चार्जमा १२ घण्टा गेमिङ, ६१ घण्टा कल वा १६९ घण्टा म्युजिक प्लेब्याकसम्म टिक्न सक्ने बताएको छ।
पी४आर प्रदर्शनको हिसाबले वास्तवमा पी४ लाइटसँग धेरै नजिक रहेको र दुई फोनहरू धेरै समान रहेको बताइएको छ। ती फोनहरूसँग १४४हर्ज रिफ्रेस रेट र केवल ७२०पीप्लस रिजोल्युसन भएको ६.८ इन्चको आईपीएस एलसीडी छन्। साथै फोनहरूमा डाइमेन्सिटी ६३०० को साथमा ४जीबी र्याम र अपग्रेडको रूपमा ६जीबी स्टोरेज समावेश गरिएका छन्।
डिभाइसमा अतिरिक्त स्टोरेजको लागि माइक्रोएसडी स्लट पनि उपलब्ध गराइएको छ भने पी४आर १२८जीबी वा २५६जीबी बिल्ट–इनको साथ आउने उल्लेख गरिएको छ। त्यसैगरी पी४आरमा तिव्र यूएफएस २.२ स्टोरेज रहेको छ भने लाइट मोडेलमा केवल ईएमएमसी चिपहरू छन्।
पी४आरमा ठूलो ब्याट्री (लाइटमा ७,०००एमएएच ब्याट्री छ) र वाटर रेसिस्टेन्ट (पानी प्रतिरोध) आईपी६५ (आईपी६४ बाट) जस्ता अपग्रेडहरू उपलब्ध छन्। साथै, नयाँ फोन १.८एम बाट ड्रप–टेस्ट गरिएको छ भने पछाडि आरजीबी नोटिफिकेसन लाइट पनि रहेको छ।
पी४आरको दोस्रो सबैभन्दा ठूलो अपग्रेड भनेको फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामरा र ८ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ। पी४ लाइटमा भने १३ मेगापिक्सेलको मुख्य क्यामरा र ५ मेगापिक्सेलको सेल्फी क्यामरा रहेका छन्।
रियलमी पी४आर रियलमी इन्डिया र फ्लिपकार्टमार्फत भारतमा प्रि–अर्डरको लागि उपलब्ध भएको बताइएको छ। रियलमी पी४आर ४/१२८जीबी, ६/१२८जीबी र ६/२५६जीबी कन्फिगरेसनमा उपलब्ध हुने उल्लेख गरिएको छ। डिभाइस सिल्भर ग्लेयर, ल्याभेन्डर ग्लेयर र टाइटेनियम ग्लेयर गरी तीन रङ विकल्पहरूमा आउने छन्।
रियलमी पी४आरको मूल्यः
रियलमी पी४ लाइट ४/६४जीबी फोनको मूल्य १३,००० भारतीय रुपैयाँ र ४/१२८जीबी भेरियन्टको मूल्य १४,००० भारतीय रुपैयाँ रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ३० जेष्ठ २०८३, शनिबार