वैशाख महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम २ अर्ब ३५ करोड रुपैयाँले बढ्यो

  • Technology Khabar | २८ जेष्ठ २०८३, बिहीबार
वैशाख महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम २ अर्ब ३५ करोड रुपैयाँले बढ्यो

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को दशौं  महिना २०८३ वैशाखभरी इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्यामा अघिल्लो महिनाको तुलनामा मिश्रित बढेको छ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८३ वैशाख समान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार इन्टरनेट बैंकिङ कारोबारको सङ्ख्यामा बढोत्तरी र रकममा गिरावट आएको पाइएको हो।

फागुन मसान्तबाट बाट चैत्र मसान्तसम्म आइपुग्दा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या ६९ हजार ६२ बढेर समग्रमा ६ लाख २९ हजार ३२३ मा पुगेको थियो।

चैत्रबाट वैशाख मसान्तसम्मको एक महिनामा ९ हजार ७९८ ले बढेर यो आँकडा समग्रमा ६ लाख ३९ हजार १२१ पुगेको छ।

यसैगरी कारोबार रकम फागुन मसान्तबाट चैत्र मसान्तसम्म आइपुग्दा ५ अर्ब २४ करोड १० लाखले बढेर २७ अर्ब ४५ करोड २० लाख पुगेको प्रतिवेदनले देखाएको थियो।

चैत्रबाट वैशाख मसान्तसम्मको एक महिनामा कारोबार रकम २ अर्ब ३५ करोड ९० लाख रुपैयाँले घटेर २५ अर्ब ९ करोड ४० लाख रुपैयाँमा झरेको छ।

प्रकाशित: २८ जेष्ठ २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...