आईओएस २७ र आईप्याडओएस २७ मा नयाँ के छ?

  • Technology Khabar | २८ जेष्ठ २०८३, बिहीबार
आईओएस २७ र आईप्याडओएस २७ मा नयाँ के छ?
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलले आफ्नो व  वाईड डेभलपर्स कन्फरेन्स – डब्ल्यूडब्ल्यूडीसी २०२६ (विश्वव्यापी विकासकर्ता सम्मेलन) मा आगामी आईओएस २७ र आईप्याडओएस २७ को बारेमा कुरा गरेको छ।

यी दुवै विकासकर्ताहरूको लागि प्रिभ्यू (पूर्वावलोकन) मा उपलब्ध भएको र तिनीहरू अर्को महिनादेखि प्रयास गर्न चाहनेहरुका लागि खुला बिटामा उपलब्ध हुनेछन्। त्यसपछि यो शरद ऋतुमा मानिसहरुको लागि जारी गरिनेछ।

आईओएस २७ र आईप्याडओएस २७ दुवैको मुख्य सुविधा भनेको सिरी एआई रहेको छ। कम्पनीको लामो–प्रतीक्षित एआई च्याटबोट यी प्रणालीहरूमा गहिरो रूपमा एकीकृत गरिएको र आफ्नै एपको साथ पूर्ण हुने उल्लेख गरिएको छ। त्यसैगरी त्यहाँ रहेका अन्य नयाँ एआई सुविधाहरूलाई एप्पलले “नेक्स्ट–जेन एप्पल इन्टेलिजेन्स” छातामा समूहबद्ध गरेको छ।

ती सबै एआई सुविधाहरू बाहेक, प्रयोगर्ताले लिक्विड ग्लासको लागि डिजाइन रिफाइनमेण्टहरू देख्न अपेक्षा गर्न सक्नेछन् भने त्यसमा प्रयोगर्ताले कति पारदर्शिता चाहिन्छ भनेर चयन गर्नको लागि प्रयोग गर्न सक्ने स्लाइडर समावेश रहेको छ।

एप्पलले “अधिक युनिफर्म रिफ्य्रासन र सुधारिएको कन्ट्रास्टको साथ” यूआई अपडेट गरेको बताउँदै एप आइकनहरू सार्प र थप विस्तृत हुनुपर्ने उल्लेख गरेको छ।

त्यसैगरी एप लन्चहरू ३० प्रतिशत सम्म छिटो हुनेछन् भने नयाँ तस्बिरहरू प्रयोगकर्ताको लाइब्रेरीमा ७० प्रतिशत सम्म छिटो लोड हुनुका साथै एयरड्रप ट्रान्सफरहरू ८० प्रतिशत सम्म छिटो हुनेछन्। वाई–फाई र सेलुलर डाटा बीच सहज नेटवर्क ट्रान्जिसनहरू पनि हुनेछन्। स्मुथनेस बढाउनको लागि नयाँ अनुकूलित सीपीयू शेड्युलर पनि रहेको उल्लेख गरिएको छ।

मेल एपको सर्चमा उपलब्ध नयाँ र्याङकिङ प्रणालीले “सबैभन्दा सान्दर्भिक परिणामहरूलाई शीर्षमा ल्याउँछ” भने भ्वाइसओभरले समृद्ध तस्बिर विवरणहरूको साथ “प्रयोगकर्ताको वरपरको संसार बुझ्नको लागि नयाँ क्षमताहरू” प्राप्त गरेको छ र एक्सन बटन एकीकरणको साथ यसले स्वचालित रूपमा कुनै पनि भिडियोको लागि सिङ्क गरिएका ङ्कबटाइटल्स उत्पन्न गर्नुका साथै अन्य भाषाहरूमा अवस्थित क्याप्शनहरू पनि अनुवाद गर्न सक्ने एप्पलले बताएको छ।

आईक्लाउड सेयर्ड एल्बम्सले एन्ड्रोइड र विन्डोज प्रयोग गर्ने साथीहरू र परिवारलाई सामेल हुन र आफ्नै फोटोहरू योगदान गर्न दिनेछ ङने सेयर्ड एल्बम्समा फुल–रिजोल्युसन सेयरिङको लागि पनि समर्थन रहेको बताइएको छ। म्याप्स एपले इनह्यान्स फ्लाईओभर मोड प्राप्त गरेको छ र जिमकिट अब आईफोन र एयरपड्स प्रो ३ मा आउने बताइएको छ।

आईप्याडओएस २७ ले प्रयोगकर्तालाई अवधि, ट्रान्जीसन शैली र संगीतका विकल्पहरू सहित स्लाइड शोको रूपमा कुनै पनि फोटो र भिडियोहरूको सेट प्ले गर्न दिनेछ। साथै त्यसलाई आफ्नो पुस्तकालयमा भिडियोको रूपमा सेभ गर्न पनि दिनेछ।

छुटेका म्यासेज नोटिफिकेसनहरू र नपढिएका काउन्ट प्रयोगकर्ताको आईप्याडमा छिटो र अधिक भरपर्दो रूपमा सिङ्क हुनेन्छन् भने तिनीहरूलाई वर्णन गरेर आफ्नो क्यालेन्डरमा थप्न र सम्पादन गर्न सकिनेछ। आईप्याडबाट एक्सटर्नल ड्राइभमा फाइलहरू ब्राउज गर्ने र ट्रान्सफर गर्ने काम पाँच गुणा छिटो हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २८ जेष्ठ २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार