भ्रामक एसएमएस र फिसिङ लिङ्कबारे नेपाल टेलिकमको चेतावनी, ग्राहकलाई सतर्क रहन आग्रह

  • Technology Khabar | २१ जेष्ठ २०८३, बिहीबार
भ्रामक एसएमएस र फिसिङ लिङ्कबारे नेपाल टेलिकमको चेतावनी, ग्राहकलाई सतर्क रहन आग्रह

काठमाडौं ।

नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गर्दै कनेक्टआईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक सन्देश पठाउने गतिविधि बढिरहेको भन्दै ग्राहकलाई सतर्क रहन आग्रह गरेको छ।

कम्पनीले हालै सामाजिक सञ्जाल एक्समा एउटा औपचारिक पोस्ट राख्दै हाल केही व्यक्तिहरूले खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको भन्दै ग्राहकलाई शंकास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गर्ने सन्देश पठाइरहेका पाइएको जानकारी दिएको हो। यस्ता सन्देशमार्फत ग्राहकको व्यक्तिगत तथा वित्तीय जानकारी चोरी गर्ने प्रयास भइरहेको टेलिकमले जनाएको छ।

प्रकाशित: २१ जेष्ठ २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार