के विद्युतीय कारका इन्जिनहरू धुन सकिन्छ?

  • Technology Khabar | १८ जेष्ठ २०८३, सोमबार
के विद्युतीय कारका इन्जिनहरू धुन सकिन्छ?
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

धेरै विद्युतीय सवारी साधनहरूको इन्जिन पनि आन्तरिक दहन सवारी साधनहरूको इन्जिनहरू जस्तै सही ठाउँमा राखिने (रेनो ४ र ५, प्यूजो २०८, स्कोडा एल्रोक) गरिन्छ।

सवारी साधनको अगाडिको कभर खोले पछि प्रस्टसँग इन्जिन देख्न सकिन्छ। इलेक्ट्रोनिक्स र कन्ट्याक्ट पोइन्ट्स (सम्पर्क बिन्दुहरू) वरिपरिको धुलो/फोहोर आधुनिक विद्युतीय सवारी साधनहरूमा बढ्दो रूपमा ठूलो समस्या बन्दै गइरहेको छ। साथै यो जाडोमा सडकहरू नुनिलो बनाउन प्रयोग गरिने धुलो, र नुनको मिश्रण भएको टेलीग्राफले रिपोर्ट गरेको छ।

के इलेक्ट्रिक मोटरहरू धुन सकिन्छ?

“इलेक्ट्रिक मोटरहरू धुनको लागि इन्जिन कम्पार्टमेण्टमा हाई–प्रेसर (उच्च–दबाव) क्लीनरहरू प्रयोग गर्नु हुँदैन। उच्च चाप र ठूलो मात्रामा पानी सहन नसक्ने यहाँ धेरै इलेक्ट्रोनिक कम्पोनेन्टहरू छन्” नर्वेजियन अटोमोबाइल क्लब (एनएएफ) का अटोमोटिभ विशेषज्ञ बेनी क्रिस्टेनसेनले मोटरलाई बताएका छन्।

विज्ञहरूका अनुसार, डर्ट कन्ट्याक्ट पोइन्ट्स (सम्पर्क बिन्दुहरूमा धुलो/फोहोर जम्मा हुना) ले विद्युतीय शक्ति गुम्ने र विभिन्न दोषहरू निम्त्याउन सक्ने बताइएको छ भने उक्त समस्याहरु प्रायः समाधान गर्न गाह्रो हुने उल्लेख गरिएको छ।

“कमजोर सम्पर्क बिन्दुहरूले विद्युत गुम्ने र धेरै फरक समस्याहरूको सम्भावना सिर्जना गर्दछ। विशेष गरी, विद्युतीय सवारी साधनहरूमा धेरै ग्राउन्डिङ पोइन्ट्स (बिन्दुहरू) प्रायः डर्ट (धुलो/फोहोर) र नुनको रूपमा प्रदूषणको सम्पर्कमा आउँछन्” सिम्को वर्कशपका सिमेन ह्युसले मोटरलाई भने।

इन्जिन कम्पार्टमेण्टलाई सिधै हाई–प्रेसर वाशिङ्ग (उच्च–दबावको धुनलाई) बाट बचाउनु पर्ने बताइएको छ। त्यसैले थोरै ओसिलो कपडाले खुला भागहरू बिस्तारै पुछ्नु उपयुक्त हुने उल्लेख गरिएको छ।

केही वर्कशपहरूले संवेदनशील कम्पोनेन्टहरूको लागि स्टीम क्लिनिङ पनि प्रयोग गर्ने गरेका छन्। समुद्र नजिक भएका ठाउँमा भने सफाई र मर्मतसम्भार विशेष गरी सडकहरू नुनिलो हुने समय (जाडो र वसन्त ऋतु)मा महत्त्वपूर्ण हुने उल्लेख गरिएको छ।

प्रकाशित: १८ जेष्ठ २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...