२९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

  • Technology Khabar | ८ कार्तिक २०८३, आईतवार
२९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना
सांकेतिक तस्बिर

काठमाडौं ।

मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) स्थापना भएको छ।

विसं २०७७ देखि सञ्चालित ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत चार हजार ६०८ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) निर्माण भएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयको वार्षिक प्रतिवेदन, २०८२/०८३ का अनुसार पूर्वाधार विकास र सूचना प्रविधिको विस्तारले शैक्षिक गुणस्तर वृद्धिमा योगदान पुग्दै आएको छ।

यस्तै वैकल्पिक स्रोतबाट ६९ दशमलव ६ प्रतिशत विद्यालयमा विद्युत् पहुँच पुगेको छ । सामुदायिक विद्यालयमध्ये ८५ दशमलव ४ प्रतिशत विद्यालयमा इन्टरनेट सुविधा पुगेको देखिएको छ। पछिल्लो वर्षको तथ्याङ्क अुनसार हाल मुलुकभर ३५ हजार ९५१ विद्यालयमध्ये धार्मिक प्रकृतिका सहित २७ हजार १० सामुदायिक विद्यालय रहेका छन्।-रासस

प्रकाशित: ८ कार्तिक २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार