
काठमाडौं ।
भिभो एस६० सिरिजका दुई सदस्यहरू भिभो एस६० र एस६० भाइटालिटी एडिशन अब चीनमा आधिकारिक रुपमा अनावरण गरिएको छ। ती दुई डिभाइसहरूले समान स्पेसिफिकेसनहरू साझा गर्दछन् भने एस६० ले बढी सक्षम चिपसेट र ३× टेलिफोटो क्यामरा समावेश गरेको छ।
दुवै फोनहरूमा २,७५०×१,२६० पिक्सेल रिजोल्युसन (१.५के) र १२० हर्ज रिफ्रेस रेट भएको ६.५९–इन्चको एएमओएलईडी डिस्प्ले समावेश गरिएको छ। भिभोका अनुसार एचडीआर सिनारियोहरूमा ५,००० निट्स सम्मको पीक लोकल ब्राइटनेसको अपेक्षा गर्न सकिने उल्लेख गरिएको छ। दुबै डिभाइसमा ५० मेगापिक्सेलको फ्रन्ट क्यामरा र अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानर पनि समावेश गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
एस६० मा क्वालकमको स्न्यापड्रागन ८एस जेन ३ चिप, १६जीबी र्याम र ५१२जीबी स्टोरेज समावेश गरिएको छ। भाइटालिटी एडिशनमा भने मिडियाटेकको ब्राण्ड–न्यू डाइमेन्सिटी ७५००, १२जीबी र्याम र ५१२ जीबी सम्मको स्टोरेज समावेश गरिएको छ।
एस६० सिरिजको पछाडिको भागमा रहेको क्यामरा आइल्याण्ड परिचित देखिने र यो आईफोन १७ प्रो सिरिजसँग समान देखिने उल्लेख गरिएको छ। दुबै फोनहरूमा ५० मेगापिक्सेलको मुख्य र ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामराहरू छन्। साथै नियमित एस६० मा ३× अप्टिकल जुमको साथ ५० मेगापिक्सेलको टेलिफोटो पनि समावेश गरिएको छ।
दुबै डिभाइसहरूले ९० वाट वायर्ड चार्जिङ समर्थन गर्ने ७,२०० एमएएच ब्याट्री समावेश गर्दछन् भने आईपी६८ र आईपी६९ इन्ग्रेस सुरक्षा सुविधा पनि प्रदान गर्दछन्। सफ्टवेयरतर्फ एन्ड्रोइड १६ मा आधारित ओरिजिनओएस ६ द्वारा कभर गरिएको छ।
भिभो एस६० र एस६० भाइटालिटी एडिशन स्टारी सी, अर्ली समर ग्रीन र मिडसमर नाइट रङ्गहरूमा उपलब्ध हुनेछन्। दुवै फोनहरू जुन ३ देखि चीनमा खुला बिक्रीको लागि उपलब्ध हुनेछन्।
भिभो एस६० भाइटालिटी एडिशन ८/२५६ जीबी ट्रिमको मूल्य २,८९९ चिनियाँ युआन (४२८ अमेरिकी डलर/३६६ यूरो) र १२/५१२जीबी संस्करणको मूल्य ३,४९९ चिनियाँ युआन (५१६ अमेरिकी डलर/४४२ यूरो) कायम गरिएको छ।
भिभो एस६० को १२/२५६जीबी ट्रिमको मूल्य ३,५९९ चिनियाँ युआन (५३० अमेरिकी डलर/४५४ यूरो) रहेको छ भने १६/५१२जीबी संस्करणको मूल्य ४,३९९ चिनियाँ युआन (६८९ अमेरिकी डलर/५५५ यूरो) कायम गरिएको छ।
प्रकाशित: १८ जेष्ठ २०८३, सोमबार