
काठमाडौं ।
आईफोन १७ प्रो सिरिजको कस्मिक ओरेन्ज रङ निकै लोकप्रिय सावित भएको छ र धेरैजसो एन्ड्रोइड निर्माताहरूले समान देखिने रङमा आफ्नो डिभाइसहरू लन्च गरेका छन्।
तर आईफोन १७ प्रो सिरिजको कस्मिक ओरेन्ज रङ लोकप्रिय भए तापनि आईफोन १८ प्रो सिरिजमा भने यो रङ उपलब्ध नहुने भएको छ।
आगामी प्रो आईफोनहरूको अपडेट गरिएको रङ प्यालेटको लीक देखा परेका छन्। सोनी डिक्सनले आईफोन १८ प्रोको डमी एकाइहरूको तस्बिरहरू साझा गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
साथै पहिले अनुमान गरिएझैं आईफोन १८ प्रो सिरिजको लागि नयाँ विषेश रङ ‘स्याचुरेटेड रेड ह्यु’ (रातो रङ) हुने र यो रङलाई हाल “चेरी” भनिने अनुमान गरिएको छ। यो रङले यही नाम र सोही सेडको साथ एप्पलको प्रमुख फोनहरूमा आफ्नो बाटो तय गर्ने छ कि छैनहेर्नको लागि पर्खनु पर्नेछ।
आगामी आईफोन १८ प्रोको अन्य रङहरूमा लाइट ब्लू, डार्क ग्रे/ब्ल्याक र सिल्भर रङ समावेश छन्।
त्यसैगरी समग्र डिजाइनको कुरा गर्दा, आईफोन १८ प्रो र त्यसको पूर्ववर्ती बीच कुनै ठूलो परिवर्तन नदेखिएको उल्लेख गरिएको छ। हालैका अफवाहहरूका अनुसार, १८ प्रोहरूले आईफोन १७ प्रो सिरिजको जस्तै सुरुवाती मूल्यहरू राख्दै साँघुरो डायनामिक आइल्याण्ड कटआउटहरू समावेश गर्ने अपेक्षा गरिएको छ। एप्पलले मुख्य क्यामहरूको लागि भेरियबल एपर्चर समर्थन पनि थप्ने बताइएको छ।
प्रकाशित: १८ जेष्ठ २०८३, सोमबार