वैशाख मसान्तसम्म पौने ४७ करोड रुपैयाँमाथिको अढाई लाख थान विद्युतीय चुलो आयात

  • Technology Khabar | १८ जेष्ठ २०८३, सोमबार
वैशाख मसान्तसम्म पौने ४७ करोड रुपैयाँमाथिको अढाई लाख थान विद्युतीय चुलो आयात
एआई निर्मित सांकेतिक तस्बिर

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को दशौं महिना २०८३ वैशाख मसान्तसम्म नेपालमा ४६ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्।

भन्सार विभागले हालै सार्वजनिक गरेको उक्त अवधिसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न २७ देशहरुबाट उक्त मूल्य बराबरका २ लाख ४५ हजार ९६० थान यस्ता विद्युतीय चुलोहरु आयात गरेको हो।

यी परिमाणमा विद्युतीय चुलोहरु आयातवापत् सरकारले ६ करोड ६७ लाख २५ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ।

यसरी आयात भएका विद्युतीय चुलोहरुलाई इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गरिएको छ।

यीमध्ये सबैभन्दा धेरै चीनबाट ३६ करोड ४३ लाख १४ हजार बराबरको १ लाख ९१ हजार ८७१ थान तथा भारतबाट ९ करोड ४४ लाख ८५ हजार बराबरको ५० हजार २०९ थान चुलो आएको छ।

यीबाहेक कतारबाट ७९ हजार बराबरको ७८ थान, यूएईबाट १ लाख ५६ हजार बराबरको ११४ थान, बंगलादेशबाट ५७ लाख ९५ हजार बराबरको २ हजार ८८० थान, मलेसियाबाट ७ लाख ३६ हजार बराबरको ४८ थान तथा साउदी अरेबियाबाट ७ हजार बराबरको ६ थान तथा अमेरिकाबाट २ हजार बराबरको १ थान विद्युतीय चुलो आएको पाइएको छ।

यस्तो छ तथ्याङ्क

इण्डक्शन चुलो

क्र. सं.देशपरिमाणरकम
बंगलादेश६६०१३७४
चीन११९७४२२४४६३१
भारत२६९४८४४५५२
इण्डोनेसिया१८२
दक्षिण कोरिया१२१०
कुवेत
मलेसिया४८७३६
कतार६४७०
साउदी अरेबिया
१०सिंगापुर१५१७
११स्पेन१५५९२
१२थाइल्याण्ड२०१५
१३युगाण्डा२१
१४यूएई१०९१४७
१५बेलायत
१६सं.रा. अमेरिका

इन्फ्रारेड चुलो

 

क्र. सं.देशपरिमाणरकम
बंगलादेश२८८०५७९४
चीन७१५८१११७५३८
भारत२२६७७४६७०९
कतार

 

अन्य विद्युतीय चुलो

क्र. सं.देशपरिमाणरकम
चीन५४८२१४४
भारत५८४३२२३
कोरिया२४
कतार
सिंगापुर
स्पेन१०५३६
यूएई

प्रकाशित: १८ जेष्ठ २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...