अनर ६०० सिरिज नेपालमा सार्वजनिक; अनर रिटेल स्टोरहरूमा उपलब्ध

  • Technology Khabar | १७ जेष्ठ २०८३, आईतवार
अनर ६०० सिरिज नेपालमा सार्वजनिक; अनर रिटेल स्टोरहरूमा उपलब्ध

काठमाडौं ।

अनर नेपालले अत्याधुनिक स्मार्टफोन प्रविधिको नयाँ युग नेपालमा ल्याउँदै अनर ६०० र अनर ६०० प्रो सार्वजनिक गरेको छ। उन्नत एआई फिचरहरू, प्रिमियम डिजाइन र फ्ल्यागशिप स्तरको प्रदर्शनसहित तयार गरिएको यो नयाँ अनर ६०० सिरिजको दैनिक क्षणहरूलाई असाधारण अनुभवमा परिवर्तन गर्ने लक्ष्य रहेको छ।

अनर ६०० मा स्न्यापड्रागन ७ जेन ४ (४एनएम) प्रोसेसर प्रयोग गरिएको छ भने यो चिपसेटले दैनिक मल्टिटास्किङका लागि छिटो र प्रभावकारी प्रदर्शन प्रदान गर्नेछ। यसमा रहेको नयाँ एआई इमेज टु भिडियो २.० फिचरले प्रयोगकर्तालाई आफ्ना तस्वीरहरूलाई ५ सेकेन्डको एआई–जेनेरेटेड भिडियो स्टोरीमा परिवर्तन गर्ने सुविधा प्रदान गर्दछ।

साथै त्यसले कन्टेन्ट क्रिएशनलाई अझ सिर्जनात्मक र इन्टरएक्टिभ बनाउने दाबी गरिएको छ। अनर ६०० मा समावेश मुभिङ फोटो इरेजर टुल र अल्ट्रा–क्लियर नाइट मोड जस्ता विशेष फिचरहरूले कम उज्यालोमा पनि स्पष्ट र विस्तृत फोटो खिच्न सहयोग गर्ने बताइएको छ।

अनर ६०० मा ८०वाट वायर्ड फास्ट चार्जिङ र २७ वाट रिभर्स वायर्ड चार्जिङ सपोर्टसहितको ७०००एएमएच ब्याट्री समावेश गरिएको छ।

अनर ६०० निम्न भेरियन्टहरूमा उपलब्ध हुनेछः

  • ८जीबी + २५६जीबी – रु. ८४,९९९
  • १२जीबी + २५६जीबी – रु. ८९,९९९

अनर ६०० खरिद गर्ने ग्राहकहरूले प्राप्त गर्नुहुनेछः

  • अनर च्वाइस वाच २ प्रो (मूल्य रु. १५,९९९) बिल्कुल निःशुल्क
  • ईएफआईएक्स प्रोटेक्शन सर्भिस अफर

त्यसैगरी थप उन्नत अनुभव प्रदान गर्दै अनर ६०० प्रोमा स्न्यापड्रागन ८ एलिट (३एनएम) प्रोसेसर समावेश गरिएको छ। यो चिपसेटले अल्ट्रा–फास्ट रेस्पोन्सिभनेस, शक्तिशाली एआई क्षमता र सिमलेस प्रिमियम स्मार्टफोन एक्सपेरियन्स प्रदान गर्दछ। अनर ६०० प्रोमा रहेको एआई इमेज टु भिडियो २.० फिचरले प्रयोगकर्तालाई विभिन्न तस्वीर र टेक्स्ट प्रम्प्ट्स प्रयोग गरेर सिनेमेटिक एआई–जेनेरेटेड स्टोरीज बनाउन सक्षम बनाउने बताइएको छ।

अनर ६०० प्रोमा ओआईएससहितको २०० मेगापिक्सेलको मुख्य क्यामरा, ३.५× अप्टिकल जुमसहितको ५० मेगापिक्सेलको टेलिफोटो लेन्स र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामरा सहितको शक्तिशाली फ्ल्यागशिप क्यामरा सेटअप उपलब्ध रहेको छ। यो शक्तिशाली फ्ल्यागशिप क्यामरा सेटअपले विभिन्न परिस्थितिमा उत्कृष्ट क्लियरिटी, जुम क्षमता र डायनामिक फोटोग्राफी पर्फर्मेन्स प्रदान गर्दछ।

साथै, अनर ६०० प्रोमा ८० वाट वायर्ड चार्जिङ, ५० वाट ताररहित चार्जिङ र २७ वाट रिभर्स वायर्ड चार्जिङ सपोर्ट गर्ने ७०००एएमएच ब्याट्री समावेश गरिएको छ।

अनर ६०० प्रो निम्न भेरियन्टमा उपलब्ध हुनेछः

  • १२जीबी + २५६जीबी – रु. १२९,९९९

अनर ६०० प्रो खरिद गर्ने ग्राहकहरूले प्राप्त गर्नुहुनेछः

  • अनर च्वाइस वाच २ प्रो (मूल्य रु. १५,९९९) बिल्कुल निःशुल्क
  • अनर च्वाइस क्लिप इयरबड्स (मूल्य रु. १०,९९९) बिल्कुल निःशुल्क
  • ईएफआईएक्स प्रोटेक्शन सर्भिस अफर

लन्चको अवसरमा अनर नेपालले अनर ६०० सिरिज खरिद गर्ने ग्राहकहरूका लागि सीमित अवधिको आकर्षक अफरहरू पनि ल्याएको छ।

अनर ६०० सिरिज नेपालभरका आधिकारिक अनर रिटेल स्टोरहरूमा सीमित अवधिका लागि उपलब्ध हुनेछ।

प्रकाशित: १७ जेष्ठ २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार