स्टेलान्टिसले सन् २०२८ देखि साना र सस्ता इलेक्ट्रिक कारहरू निर्माण गर्ने

  • Technology Khabar | १० जेष्ठ २०८३, आईतवार
स्टेलान्टिसले सन् २०२८ देखि साना र सस्ता इलेक्ट्रिक कारहरू निर्माण गर्ने
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

अटोमोटिभ ब्रान्ड स्टेलान्टिसले सन् २०२८ मा आफ्नो पहिलो ‘ई–कार’ लन्च गर्ने योजना बनाएको पुष्टि गरेको छ। कम्पनीले ६० भन्दा धेरै मोडलका सस्ता र साना इलेक्ट्रिक कारहरू प्रस्तुत गर्ने र ती मध्ये पहिलो चाँडै नै युरोपेली सडकहरूमा देखिने भएका छन्।

स्टेलान्टिसले ‘ई–कार’ मा ‘ई’ ले युरोपियन (युरोपेली), इमोसन (भावना), इलेक्ट्रिक (विद्युतीय) र इनभायोरमेण्ट फ्रेण्डली (वातावरणमैत्री) लाई जनाउने बताएको छ।

कम्पनीले यसको लागि करिब ६० अर्ब युरो लगानी गर्ने योजना सार्वजनिक गरेको छ। यसमा इलेक्ट्रिक, हाइब्रिड र कम्बुस्टन इन्जिनयुक्त गाडीहरु हुनेछन्।

“त्यसैले, तिनीहरू युरोपमै बनाइनुपर्छ, चलाउन रमाइलो हुनुपर्छ, विद्युतीय हुनुपर्छ र उत्पादनमा कुशल हुनुपर्छ,” कम्पनीले थप उल्लेख गरेको छ।

टपगियर डट कमले गत मार्चमा यी नयाँ ई–कारहरू आकार र प्रदर्शन दुवैमा सीमित हुने र सबैभन्दा महँगो सुरक्षा प्रविधि बिना पनि काम गर्ने रिपोर्ट गरेको थियो।

कार निर्माताहरूले बिक्री गर्ने प्रत्येक साना इलेक्ट्रिक कारको लागि कार निर्माताहरूलाई तथाकथित ‘सुपर क्रेडिट’ पनि प्रदान गरिने बताइएको छ।

हालका वर्षहरूमा युरोपमा किफायती साना कार खण्डको अभूतपूर्व संकुचनको प्रतिक्रियाको रुपमा ई–कार प्रस्तुत गर्न लागिएको स्टेलान्टिसले बताएको छ।

“हाम्रा ग्राहकहरू युरोपमा गर्वका साथ निर्मित साना, स्टाइलिश सवारी साधनहरूको पुनरुत्थान खोजिरहेका छन्, जुन किफायती र वातावरणमैत्री पनि छन्” स्टेलान्टिसका निर्देशक एन्टोनियो फिलोसाले भने।

उनले कारहरू इटालीमा पोमिग्लियानोमा रहेको मेगाकर्पको कारखानामा निर्माण गरिने कुरा उल्लेख गरे। साथै उक्त कारखानामा फिएटले पाण्डा निर्माण गर्ने गरेको छ।

प्रकाशित: १० जेष्ठ २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Proton opens its 11th showroom in Birgunj; launches the all-new Proton e.MAS 5

  • Technology Khabar
  • १० जेष्ठ २०८३, आईतवार