एप्पलले मेजर लिग सकरको एउटा खेल पूर्ण रूपमा आईफोन प्रयोग गरेर प्रसारण गर्ने

  • Technology Khabar | १० जेष्ठ २०८३, आईतवार
एप्पलले मेजर लिग सकरको एउटा खेल पूर्ण रूपमा आईफोन प्रयोग गरेर प्रसारण गर्ने
फाइल तस्बिर

काठमाडौं ।

एप्पलले मेजर लिग सकरको एउटा खेल पूर्ण रूपमा आईफोन प्रयोग गरेर प्रसारण गर्ने भएको छ। कम्पनीका अनुसार मे २३ मा हुने लस एञ्जलस ग्यालेक्सी र हौस्टन डाइनामो बीचको खेल प्रमुख प्रत्यक्ष व्यावसायिक खेलकुद कार्यक्रममध्ये पहिलो हुनेछ, जसको सम्पूर्ण दृश्य आईफोन मार्फत कैद गरिनेछ।

यो खेल उत्तर अमेरिकामा हुने फिफा विश्वकप अघि एमएलएसले सात साताको विश्राम लिनुअघि आयोजना हुन लागेको हो। खेल नेपाली समयअनुसार बिहान सुरु हुनेछ।

प्रोडक्सन टोलीले खेलाडीको वार्मअप, परिचय, दर्शकको दृश्य र गोलपोस्टभित्रबाट हुने गोलका दृश्य खिच्न १५ वटा आईफोन १७ प्रो प्रयोग गर्नेछ। एप्पलले सानो आकारका कारण आईफोनले दर्शकलाई खेलको अझ नजिकको अनुभव दिने “नयाँ गतिशील दृश्य” उपलब्ध गराउने जनाएको छ।

एप्पलले पहिलो पटक गत सेप्टेम्बरमा प्रत्यक्ष खेलकुद प्रसारणमा आईफोन प्रयोग गरेको थियो। त्यसबेला कम्पनीले मेजर लिग बेसबल अन्तर्गत बोस्टन रेड सक्स र डेट्रोइट टाइगर्सबीचको खेलका केही दृश्य खिच्न आईफोन १७ प्रो प्रयोग गरेको थियो।

त्यसयता कम्पनीले यस वर्षको फ्राइडे नाइट बेसबल र एमएलएस प्रसारणमा पनि आईफोनलाई नियमित प्रोडक्सन उपकरणका रूपमा प्रयोग गर्दै आएको छ।

प्रकाशित: १० जेष्ठ २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...