
काठमाडौं ।
गत अप्रिल महिनाको सुरुमा कोरियाबाट बाहिरिएको एउटा अफवाहले अर्को वर्षको ग्यालेक्सी एस२७ परिवारमा चार सदस्यहरू हुने दाबी गरेको थियो। पहिले सामान्यतया परिवारमा तीन सदस्यहरू हुने गरेको अवस्थामा अब चौथो अतिरिक्त डिभाइसलाई ग्यालेक्सी एस२७ प्रो भनिने बताइएको छ। तर त्यस समयमा यो अतिरिक्त डिभाइसको बारेमा केही महत्त्वपूर्ण विवरणहरू बाहिर ल्याइएको थिएन।
उही स्रोत अब धेरै महत्त्वपूर्ण जानकारीको साथ फिर्ता आएको छ र नयाँ डिभाइस एस२७ प्रोमा कथित रूपमा ६.४७–इन्चको स्क्रिन हुने दाबी गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
स्क्रिनको आकारको हिसाबले एस२७ प्रो अब ग्यालेक्सी एस२७ र एस२७प्लस (मानौं कि तिनीहरूसँग तिनीहरूका पूर्ववर्तीहरू जस्तै स्क्रिनहरू हुनेछन्) को बीचमा परेको छ। ग्यालेक्सी एस२७ प्रो स्पष्ट रूपमा एस पेन बिनाको मिनी–अल्ट्रा हुनेछ। त्यसैले स्क्रिन साइज, ब्याट्री क्षमता र एस पेन को अभाव बाहेक सबै स्पेक्सहरूमा ग्यालेक्सी एस२७ अल्ट्रा सँग मेल खाने अपेक्षा गर्न सकिने छ। त्यसैले ग्यालेक्सी एस२७ प्रोलाई ग्यालेक्सी एस२७ अल्ट्रा मिनीको रूपमा सोच्न सकिनेछ भनि थप उल्लेख गरिएको छ।
प्रकाशित: १० जेष्ठ २०८३, आईतवार