एआई प्लेटफर्म क्वेन र अनलाइन बजार टाओबाओलाई एकीकृत गर्दै अलिबाबा

  • Technology Khabar | २८ बैशाख २०८३, सोमबार
एआई प्लेटफर्म क्वेन र अनलाइन बजार टाओबाओलाई एकीकृत गर्दै अलिबाबा

काठमाडौं ।

अलिबाबाले आफ्नो एआई प्लेटफर्म क्वेन र अनलाइन बजार टाओबाओ लाई एकीकृत गर्ने तयारी गरिरहेको छ। यस कदमले किवर्ड खोजको सट्टा संवादमार्फत किनमेललाई अघि बढाउने लक्ष्य राखेको निर्णयबारे जानकार एक स्रोतले जनाएको छ।

रोयटर्सका अनुसार यस कदमपछि उपभोक्ताले उत्पादन सूचीहरू म्यानुअली हेर्नेभन्दा एआई एजेन्टसँग च्याट गरेर क्वेन एपमार्फत सामान खोज्न, तुलना गर्न र खरिद गर्न सक्नेछन्।

क्वेन एपले ४ अर्बभन्दा बढी उत्पादन भएको टाओबाओ र टीमलको सम्पूर्ण क्याटलगमा पहुँच पाउनेछ। यसमा ढुवानी र बिक्रीपछिका सेवा व्यवस्थापन गर्न सक्ने “स्किल्स लाइब्रेरी” को समर्थन हुनेछ। साथै प्रयोगकर्ताको अर्डर इतिहास र किनमेल रुचिका आधारमा किनमेल सिफारिस पनि उपलब्ध गराइनेछ।

टाओबाओ भित्र अलिबाबाले क्वेन द्वारा सञ्चालित एआई किनमेल सहायक सार्वजनिक गर्नेछ, जसमा भर्चुअल ट्राइ-अन र ३० दिनसम्मको मूल्य ट्र्याकिङ उपकरण समावेश हुनेछन्।

एआई आधारित किनमेलतर्फ अलिबाबाको प्रयासले चिनियाँ र पश्चिमी ई-कमर्स प्लेटफर्मबीचको अन्तर देखाएको छ। चीनको मोडेलले एआईलाई प्रत्यक्ष कारोबारमा समावेश गर्न अनुमति दिन्छ। अमेरिकामा भने प्लेटफर्महरू बढी विभाजित छन्।

अमेजनले आफ्नो मार्केटप्लेसभित्र किनमेल सुधार गर्न एआई प्रयोग गरेको भए पनि पूर्ण स्वायत्तताप्रति सतर्क रहेको छ। क्यानडाको शपिफाईले एकीकृत उपभोक्ता एआई प्लेटफर्म सञ्चालन गर्नुको सट्टा बाह्य एआई एजेन्ट प्रयोग गर्न अनुमति दिएको छ।

प्रकाशित: २८ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...