
काठमाडौं ।
यूट्युबमा आईफोन अल्ट्राको डमी युनिटलाई ह्यान्ड्स–अन फेसनमा चित्रण गरिएको अर्को भिडियो देखा परेको छ। यूट्युबमा उपलब्ध उक्त ह्यान्ड्स–अन भिडियामा डिभाइसको डमी युनिटलाई विभिन्न कोणबाट देखाइएको छ।
यो विशिष्ट डमी युनिटको मापन पहिले नै लीक भइसकेका अन्य डमी युनिटहरूसँग मेल नखाए पनि आईफोन अल्ट्रा (र ह्वावे पुरा एक्स म्याक्स) को परम्परागत रुपमा नभई फर्म फ्याक्टर यहाँ पूर्ण प्रदर्शन गरिएको छ।
यो १०० प्रतिशत सही नभए पनि धेरै लीकपछि अब आईफोन अल्ट्रा यस्तो देखिनेछ भन्ने कुरा लगभग स्पष्ट भएको उल्लेख गरिएको छ। यो अनफोल्ड गर्दा उही ट्याब्लेट फर्म फ्याक्टरको साथ आईप्याड मिनी भन्दा अलि सानो हुनेछ। साथै ह्यान्डसेट अनफोल्ड गर्दा ट्याब्लेट यूआई पाउन सकिने अनुमान गरिएको छ।
अल्ट्रा अनफोल्ड गर्दा वर्गाकार नभई वास्तविक ल्यान्डस्केप यूआई पाउन सकियोस् भनेर एप्पलले सम्भवतः यो फर्म फ्याक्टर रोजेको बताइएको छ। स्वाभाविक रूपमा, यो अहिलेसम्मकै सबैभन्दा महँगो आईफोन हुनेछ। साथै यो सेप्टेम्बरमा अनावरण हुने अपेक्षा गरिएको छ भने वर्षको उत्तरार्धसम्ममा उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २८ बैशाख २०८३, सोमबार