चीनमा ५जीको व्यवसायीक प्रयोगका लागि ४ कम्पनीलाई लाइसेन्स

  • Technology Khabar | २३ जेष्ठ २०७६, बिहीबार
चीनमा ५जीको व्यवसायीक प्रयोगका लागि ४ कम्पनीलाई लाइसेन्स

काठमाडौं ।

काठमाडौं । चीनले ५जी नेटवर्कको व्यवसायीक प्रयोगको लागि अनुमति दिएको छ । चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले व्यवसायीक प्रयोगको लागि ५जी लाइसेन्सको अनुमति ४ वटा कम्पनीहरुलाई पहिलो चरणमा प्रदान गरेको छ ।

चीन सरकारले सो अनुमतिलाई देशको टेलिकम्यूनिकेसन उद्योगको लागि नयाँ युग भएको उल्लेख गरेको छ ।

पहिलो चरणमा चाइना टेलिकम, चाइन मोबाइल, चाइना यूनिकम र चाइना ब्रोडकास्टिंग नेवटर्कलाई ५जी लाइसेन्सको अनुमति दिईएको हो ।

‘५जी टेक्नोलोजी तिब्र गति, मोबाइल, सुरक्षित र बृहतरुपमा नयाँ पुस्ताको सूचना पूर्वाधार स्थापना गर्न सहयोगी हुने छ,’ चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्री मियाओ विईले भने ।

नयाँ प्रविधिले चीनको अर्थतन्त्रमा १.५४ ट्रिलियन अमेरिकी डलरको आर्थिक गतिबिधि गराउने अपेक्षा गरिएकोछ । त्यसैगरि करिब ३० लाख रोजगारहरु सन् २०२० र २०२५ सम्म सिर्जना हुने अनुमान छ ।

यसअघि तीनवटा क्यारियरहरुलाई २०१८ को अन्त्यमा परीक्षणको लागि ५जी लाइसेन्स दिईएको थियो । अब भने यी कम्पनीहरुले पूर्णरुपमा व्यवसायीक उपयोग गर्न सक्नेछन् ।

५जी लाइसेन्सको व्यवसायीक प्रयोगबाट विशेषगरि ह्वावे टेक्नोलोजीज र जेडटिईलाई पनि लाभ पुग्ने बताईएको छ । यी कम्पनीहरुले चीनमा ५जी नेटवर्क स्थापनमा काम गरिरहेका छन् । ह्वावेले चीनको ५जी निर्माणको क्रमलाई सहयोग गर्न पुरा तयार रहेको बताएको छ । कम्पनीले विभिन्न ३० देशहरुमा ४५ वटा व्यवसायीक सम्झौता समेत पाईसकेको बताएको छ । ह्वावेले ती देशहरुमा मात्रै १ हजार भन्दा बढि ५जी बेस स्टेशनहरु आपूर्ति गर्ने अपेक्षा गरेको छ ।

माध्यम

प्रकाशित: २३ जेष्ठ २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार