
काठमाडौं ।
राइड सेयरिङ र राइड हेलिङ हामीले हिजोआज निकै सुन्दै आएका शब्द हुन्। अधिकांशले यी दुवै शब्दको अर्थ उस्तै हिसाबले बुझ्छन्। तर के यी दुवै एकै हुन त?
सरकारले हालै जारी गरेको डिजिटल मोबिलिटी सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२ को मस्यौदाले यी दुई अलग हुन् भन्ने परिभाषित गरेको छ।
मस्यौदामा उल्लेख भए अनुसार राइड सेयरिङ सेवा भन्नाले डिजिटल प्लेटफर्म (एप वा वेबपेज) मार्फत समान गन्तव्य वा मार्ग भएका एकभन्दा बढी यात्रुहरूलाई एउटै सवारी साधनमा साझा रूपमा यात्रा गर्ने व्यवस्था मिलाई सवारीको उपयोग दक्षता वृद्धि गर्ने, लागत न्यूनीकरण गर्ने तथा ट्राफिक चाप र वातावरणीय प्रभाव घटाउने उद्देश्यले सञ्चालन गरिने यातायात सेवा सम्झनु पर्दछ।
यसैगरी राइड हेलिङ सेवा भन्नाले डिजिटल प्लेटफर्म ( एप वा वेबपेज) मार्फत यात्रुले आफ्नो आवश्यकता अनुसार सवारी वा चालक सहितको सवारी माग (हेल) गरी निजी रूपमा प्रयोग गर्ने उद्देश्यले बुकिङ गर्ने तथा सेवा प्रदायकसँग प्रत्यक्ष समन्वय गरी भुक्तानी, ट्र्याकिङ र सेवा व्यवस्थापन गरिने यातायात सेवालाई जनाउँछ।
प्रकाशित: १२ बैशाख २०८३, शनिबार