
काठमाडौं ।
धेरै प्रयोगकर्ताहरू फास्ट (द्रुत) चार्जिङको लागि केवल एडाप्टर मात्र महत्त्वपूर्ण हुन्छ भनेर सोच्ने गर्दछन्। तर बिग्रिएको केबलले ब्याट्री ओभरहिटिङ्ग जस्ता खतरनाक समस्या निम्त्याउन सक्छ।
फोन चार्ज हुनको लागि घण्टौं समय लाग्ने वा चार्जिङ पोर्ट धेरै तातो भएको खण्डमा भने उक्त डिभाइस गम्भीर खतरामा छ भनेर बुझ्नु पर्ने हुन्छ।
सस्तो केबलहरूमा भएका कमजोर सामग्रीहरूले ओभरहिटिङ्ग निम्त्याउँछ र त्यसले फोनको आन्तरिक कम्पोनेन्टहरूलाई बिस्तारै “बेक” गर्दछ। गुणस्तरीय केबलहरू सामान्यतया बाक्लो हुन्छन् र तिनीहरूमा प्लास्टिक इन्सुलेशन भित्र धेरै तामाका तारहरू हुन्छन्।
पातलो र सजिलै मोड्न मिल्ने केबलहरूले सामान्यतया निर्माताले सामग्रीहरूमा स्किम्पड् (आर्थिक बचत गर्ने प्रयासमा आवश्यक भन्दा कम समय, पैसा वा सामग्री खर्च गर्नु) गरेको संकेत गर्दछ। यस्ता केबलहरू चाँडै बिग्रिनुका साथै सर्ट सर्किटहरू पनि निम्त्याउन सक्छन् र फोनलाई स्थायी रूपमा क्षति पुर्याउन सक्छन्।
त्यसैगरी चार्जिङ गर्दा कनेक्टरमा पनि ध्यान दिनुपर्ने हुन्छ र यदि कुनै रङ्ग वा डढेको संकेत देखिएमा यो दोषको स्पष्ट संकेत हो भनेर बुझ्नु पर्ने हुन्छ। मूल केबलहरूमा सुरक्षात्मक चिपहरू हुन्छन् र त्यसले डिभाइसलाई भोल्टेज उतारचढावबाट जोगाउँछ।
यदि फोन धेरै तातो हुने वा चार्ज गर्दा डढेको गन्ध महसुस गरेको खण्डमा भने उक्त केबलको प्रयोग तुरुन्तै बन्द गर्नुपर्छ।
त्यसैगरी लामो समयसम्म उच्च तापक्रममा चार्ज गर्दा ब्याट्रीलाई स्थायी रूपमा क्षति पुग्न सक्ने टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: १२ बैशाख २०८३, शनिबार