
काठमाडौं ।
सामसङ नेपालले ग्यालेक्सी ए५७ ५जी र ग्यालेक्सी ए३७ ५जी सार्वजनिक गरेको छ। ग्यालेक्सी ए५७ ५जी र ग्यालेक्सी ए३७ ५जीको साथ ग्यालेक्सी ए सिरिजलाई थप विस्तार गर्दै उन्नत क्यामरा प्रदर्शन, स्मार्ट फिचरहरू र आकर्षक डिजाइनमार्फत दैनिक प्रयोगलाई सहज बनाउने उद्देश्य राखेको छ।
सामसङले पहिलेको १२ महिनाको ईएमआई योजनालाई अपग्रेड गर्दै २४ महिनासम्मको ईएमआई सुविधा उपलब्ध गराएको छ र यसले प्रिमियम प्रविधिलाई अझ सजिलो र पहुँचयोग्य बनाएको छ।
कम्पनीका अनुसार यो सुविधा सामसङ इन्स्टा फाइनान्स सेवा अन्तर्गत हुलास फिन सर्भ हायर पर्चेज लिमिटेड मार्फत उपलब्ध छ।
नयाँ ग्यालेक्सी ए सिरिजमा सामसङको नवीनतम प्रविधि समावेश गरिएको छ। इन्हान्स्ड असम इन्टेलिजेन्सले स्मार्ट अन्तरक्रिया, प्रोडक्टिभिटी र कन्टेन्ट सिर्जनालाई सजिलो बनाउँछ। क्यामरा, प्रदर्शन, डिस्प्ले र सुरक्षा क्षेत्रमा सुधारसहित ग्यालेक्सी ए५७ ५जी र ग्यालेक्सी ए३७ ५जी दैनिक प्रयोगका लागि भरपर्दो प्रदर्शन दिन सक्षम भएको दाबी गरिएको छ।
असम इन्टेलिजेन्ससँग स्मार्ट अनुभव
स्पष्ट फोटो र भिडियोका लागि उन्नत क्यामरा
शक्तिशाली प्रदर्शनसहित आकर्षक डिजाइन
टिकाउ, सुरक्षित र लामो समयसम्म प्रयोगयोग्य
उपलब्धता
| मोडल | र्याम/स्टोरेज | रङ्ग | प्राइस/यूनिट | २४ महिनासम्मको ईएमआई |
| ए५७ ५जी | १२जीबी/२५६जीबी | असम नेभी, असम ग्रे, असम लिलाक | ८९,९९९ नेपाली रुपैयाँ | २४४२ |
| ए५७ ५जी | ८जीबी/२५६जीबी | असम नेभी, असम ग्रे, असम लिलाक | ८४,९९९ नेपाली रुपैयाँ | २३०६ |
| ए३७ ५जी | १२जीबी/२५६जीबी | असम ग्रेग्रीन, असम ल्याभेन्डर,असम चारकोल | ७९, ९९९नेपाली रुपैयाँ | २१७१ |
| ए३७ ५जी | ८जीबी/२५६जीबी | असम ग्रेग्रीन, असम ल्याभेन्डर,असम चारकोल | ७२,९९९ नेपाली रुपैयाँ | १९८१ |
| ए३७ ५जी | ८जीबी/१२८जीबी | असम ग्रेग्रीन, असम ल्याभेन्डर,असम चारकोल | ६४,९९९ नेपाली रुपैयाँ | १७६४ |
यी दुवै डिभाइसहरू सामसङका आधिकारिक रिटेल स्टोरहरू तथा नेपालभरका अधिकृत साझेदारहरू मार्फत उपलब्ध हुनेछन्।
प्रकाशित: ७ बैशाख २०८३, सोमबार