नेपाल टेलिकमको वेबसाइट डाउन: कल, एसएमएस र डाटा सेवा भने सामान्य

  • Technology Khabar | ७ बैशाख २०८३, सोमबार
नेपाल टेलिकमको वेबसाइट डाउन: कल, एसएमएस र डाटा सेवा भने सामान्य

काठमाडौं ।

सरकारी दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको वेबसाइट केही समयदेखि डाउन भएको छ। वेबसाइट केही समयदेखि डाउन हुनुको कारण थाहा हुन सकेको छैन।

ntc.net.np लग इन गर्न खोज्दा खुल्दैन र एउटा खाली पेजमा ‘योर कनेक्शन वाज इन्टरप्टेड’ भन्ने सन्देश देखा पर्दछ। लामो समय प्रयास गरेपछि भने दिस पेज इज करेन्टली अन्डर मेन्टेनेन्स भन्ने सन्देश लेखिएको नीलो रङ्गको पेज देखा पर्दछ।

यस विषयमा जानकारी लिन प्रवक्ता रविन्द्र मानन्धरलाई फोन गर्दा तत्काल फोन उठेन र केही समय पछि फोन गर्ने आग्रहसहितको अटोमेटेड एसएमएस आयो।

सहायक प्रवक्ता नविनकुमार मिश्रको नम्बरमा भने फोन लाग्न सकेन।

कम्पनीको वेबसाइटमा समस्या आए पनि सिममार्फत् हुने कल र एसएमएस र डाटा सेवामा कुनै समस्या देखिएको छैन।

प्रकाशित: ७ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार