
काठमाडौं ।
चीनको सरकारी स्वामित्वको मिडिया बेइजिङ डेलीका अनुसार स्याटेलाइट निर्माणकर्ता र सञ्चालकका लागि केन्द्रका रूपमा डिजाइन गरिएको बेइजिङ स्याटेलाइट टाउनको मुख्य क्षेत्र २०२६ को दोस्रो आधामा पूरा हुने अपेक्षा गरिएको छ।
रोयटर्सका अनुसार अहिले कुल अन्तरिक्ष प्रक्षेपणमध्ये ६० प्रतिशतभन्दा बढी हिस्सा व्यावसायिक प्रक्षेपणको रहेको छ र धेरै कम्पनीहरू सेयर बजारमा सूचीकरणका लागि अघि बढिरहेका बेइजिङ डेलीले जनाएको छ।
फ्युचर एयरोस्पेसको रणनीतिक अनुसन्धान विभागका प्रमुख गाओ यिबिनले प्रक्षेपण स्वीकृतिमा तीव्रता, कम्पोनेन्टहरूको स्थानीय उत्पादन र औद्योगिक कोषबाट लगानी निरन्तर बढिरहेकाले चीनको ट्रिलियन-युआनको व्यावसायिक अन्तरिक्ष बजार मानकीकरण र विस्तारतर्फ अघि बढिरहेको बताएका छन्।
“लो-अर्थ अर्बिट कन्स्टेलेसन नेटवर्किङ, स्याटेलाइट इन्टरनेट, अन्तरिक्ष कम्प्युटिङ क्षमता र ६जी आकाश–अन्तरिक्ष–भूमि एकीकरणजस्ता क्षेत्रमा तीव्र कार्यान्वयन भइरहेकाले २०२६ मा पनि निरन्तर वृद्धि हुने संकेत देखिन्छ,” गाओले भने।
बेइजिङ स्याटेलाइट टाउनले औद्योगिक समूह विकासलाई प्रोत्साहन दिँदै र जनशक्ति, पूँजी तथा प्रविधिको प्रभावकारी प्रवाह सुनिश्चित गर्दै अन्तरिक्ष उद्योग विकासमा सहयोग गर्नेछ।
प्रकाशित: ७ बैशाख २०८३, सोमबार