सामसङ ग्यालेक्सी जेड ट्राइफोल्ड अब अमेरिकामा पनि बन्द गरियो

  • Technology Khabar | ७ बैशाख २०८३, सोमबार
सामसङ ग्यालेक्सी जेड ट्राइफोल्ड अब अमेरिकामा पनि बन्द गरियो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

सामसङ ग्यालेक्सी जेड ट्राइफोल्ड बिक्री अमेरिकामा पनि बन्द गरिएको छ।छोटो र अशान्त जीवन बिताएको सामसङको ग्यालेक्सी जेड ट्राइफोल्ड  कोरियामा धेरै सीमित मात्रामा केही पटक मात्र बिक्रीमा गएको र त्यसपछि त्यहाँ बिक्री बन्द भएको थियो। अमेरिकामा भने यो डिभाइस अलि बढी समयसम्म रह्यो र अमेरिकामा अन्तिम रिस्टक अप्रिल १० मा गरिएको थियो। तर अब त्यो स्टक पनि बिक्री भएको बताइएको छ।

अब अमेरिकामा पनि ग्यालेक्सी जेड ट्राइफोल्डलाई बिदाई गरिएको छ। कोरियामा डिभाइसको विक्री बन्द गरिए पछि यो अब अमेरिकामा पनि बन्द भएको छ। सामसङको आधिकारिक पृष्ठमा “सीमित–सञ्चालित ग्यालेक्सी जेड ट्राइफोल्ड अब पूर्ण रूपमा बिक्री भएको छ” भनेर उल्लेख गरिएको छ। ग्यालेक्सी जेड ट्राइफोल्ड अब पूर्ण रूपमा बन्द गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

सामसङले “आगामी एक प्रकारको आविष्कारहरू नछुटाउन” कम्पनीको वेबसाइट भ्रमण गरिरहनु पर्ने बताएको छ। साथै कम्पनीले ग्यालेक्सी जेड फोल्ड७ वा ग्यालेक्सी एस२६ अल्ट्रा किन्न सिफारिस गरेको उल्लेख गरिएको छ। ती दुवै उत्कृष्ट विकल्पहरू भए तापनि ती मध्ये कुनै डिभाइस पनि दुई पटक फोल्ड नहुने उल्लेख गरिएको छ।

यदि ट्राइफोल्ड २ वास्तविकतामा परिणत भएको खण्डमा भने आफ्नो पूर्ववर्ती भन्दा लामो समयसम्म टिक्ने आशा गरिएको छ। हालैको एउटा हल्लाले ट्राइफोल्ड २ २०२७ मा आउने दाबी गर्दै आफ्नो पूर्ववर्ती भन्दा पातलो र हलुका हुने बताएको छ। साथै ट्राइफोल्ड २ लाई स्लाइडिङ–स्क्रिन (उर्फ रोलेबल स्क्रिन) स्मार्टफोनले पनि साथ दिन सक्ने उल्लेख गरिएको छ।

 

प्रकाशित: ७ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार