टेस्लाद्वारा ड्यालस र ह्युस्टनमा रोबोट्याक्सी सेवा सुरु

  • Technology Khabar | ८ बैशाख २०८३, मंगलवार
टेस्लाद्वारा ड्यालस र ह्युस्टनमा रोबोट्याक्सी सेवा सुरु

काठमाडौं ।

टेस्लाले आफ्नो रोबोट्याक्सी सेवा ड्यालस र ह्युस्टनमा ल्याएको छ। कम्पनीले सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेको छ, “रोबोट्याक्सी अब ड्यालस र ह्युस्टनमा सुरु हुँदैछ”।

सो पोस्टमा १४ सेकेन्डको भिडियो पनि छ, जसमा टेस्लाका गाडीहरू अगाडि चालक वा मानव पर्यवेक्षक बिना चलिरहेको देखिन्छ।

यससँगै कम्पनीले अब टेक्सासका तीन सहरमा रोबोट्याक्सी सेवा उपलब्ध गराएको छ। अघिल्लो वर्ष अष्टिनमा सुरु गरिएको यो सेवा सन् २०२६ जनवरीदेखि सुरक्षा चालक बिना नै यात्रुहरूलाई सेवा दिन थालेको हो। फेब्रुअरीमा गरिएको एक फाइलिङमा टेस्लाले अष्टिनमा सञ्चालन भएका रोबोट्याक्सीहरू सुरु भएदेखि १४ पटक दुर्घटनामा परेको उल्लेख गरेको छ।

टेकक्रञ्चका अनुसार यसका अतिरिक्त कम्पनीले सान फ्रान्सिस्को बे एरियामा मानव चालकसहित सीमित यात्रु सेवा पनि उपलब्ध गराएको छ। डल्लास र ह्युस्टनमा भने अहिले धेरै गाडी सञ्चालनमा नभएको देखिन्छ।

रोबोट्याक्सी ट्र्याकर वेबसाइटमा उपलब्ध तथ्याङ्कअनुसार दुवै सहरमा हाल एक–एक गाडी मात्र दर्ता भएको छ, जबकि अष्टिनमा ४६ सक्रिय गाडीहरू सञ्चालनमा छन्।

प्रकाशित: ८ बैशाख २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार