प्रधानमन्त्री बालेनको १२ वर्ष पुरानो र्याप ब्याटल भिडियो युट्युबबाट हटाउन माग गर्दै साइबर ब्यूरोमा उजुरी

  • Technology Khabar | ४ बैशाख २०८३, शुक्रबार
प्रधानमन्त्री बालेनको १२ वर्ष पुरानो र्याप ब्याटल भिडियो युट्युबबाट हटाउन माग गर्दै साइबर ब्यूरोमा उजुरी
रअ बार्जको भिडियोबाट लिईएको स्क्रीन सट फोटो।

काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को १२ वर्ष पुरानो र्याप ब्याटलको भिडियो हटाउन माग गर्दै साइबर ब्यूरोमा उजुरी परेको छ। शाहले ‘रअ बार्ज’ मा गरेको र्याप ब्याटल युट्युबबाट हटाउन भन्दै माग गरिएको छ।

तत्कालिन समयमा र्याप ब्याटल ‘रअ बार्ज’ मा बालेनले लिटिल ग्रिजल विरुद्ध गरेको ब्याटल गरेका थिए। सो ब्याटलको भिडियो सङ्ग्स नेपाल नामक युट्युब च्यानलले अपलोड गरेको थियो।

ब्यूरोमा परेको उजुरीमा शाहले सो ब्याटलमा अश्लीलता प्रदर्शन गरेको दाबी गरिएको छ।

सो ब्याटल गीत महिला विरोधी भएको, यौनिक, लैंगिक अल्पसंख्यक समुदायविरुद्ध घृणा जगाउने खालको भएको भन्दै युट्युबबाट हटाउन माग समेत गरिएको छ।

हाल शाह प्रधानमन्त्री भएसँगै उनका पुराना गीतहरु युट्युबमा भाइरल भइरहेका छन्। उजुरी परेको उक्त ब्याटल भिडियो अहिलेसम्म १ करोड ५० लाखले युट्युबमा हेरिसकेका छन्।

प्रकाशित: ४ बैशाख २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei empowers Nepal’s green energy future with launch of FusionSolar9.0 Smart PV Solution

  • Technology Khabar
  • ४ बैशाख २०८३, शुक्रबार