पर्सामा ८ ओटा लाइसेन्स निलम्बनको लागि ट्राफिक प्रहरीले पठायो यातायात कार्यालय

  • Technology Khabar | ४ बैशाख २०८३, शुक्रबार
पर्सामा ८ ओटा लाइसेन्स निलम्बनको लागि ट्राफिक प्रहरीले पठायो यातायात कार्यालय

काठमाडौं ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय बाराले मधेश प्रदेशमा टीभीआरएसमार्फत् देखिएका ५ भन्दा बढी पटक ट्राफिक नियम उल्लङ्घन गरेका ८ ओटा लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था कार्यालय वीरगंज पर्सा पठाएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ परिच्छेद ४ को दफा ६० बमोजिम “चालकले पालन गर्नुपर्ने सर्तहरु पाँच पटक भन्दा बढी उल्लङ्घन गरेको प्रमाणित भएमा अधिकार प्राप्त अधिकारीले त्यस्तो चालकको चालक अनुमति पत्र ६ महिनासम्मको लागि निलम्बन गर्न सक्नेछ” भन्ने व्यवस्था रहेको छ।

यसै नियमका आधारमा ती लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था कार्यालय वीरगंज पर्सा पठाइएको सूचना अधिकारी वकिल बहादुर सिंहले जानकारी दिए।

अब उप्रान्त मधेश प्रदेश अन्तर्गतका ट्राफिक प्रहरी कार्यालयहरुबाट समेत सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ परिच्छेद १० को (ट्राफिक प्रहरीलाई प्रत्यायोजित) दफा १६०, ट्राफिक प्रहरीले तत्काल कारवाही गर्न सक्ने दफा १६४ मा उल्लेखित कसुरहरु पाँच पटक वा सो भन्दा बढी उल्लंघन गरेको टीभीआरएसमा देखिन आएमा त्यस्ता सवारी चालक अनुमति पत्रहरु सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ परिच्छेद ४ को दफा ६० बमोजिम निलम्बनको लागी यातायात व्यवस्था कार्यालय पठाइने समेत कार्यालयले जानकारी गराएको छ।

प्रकाशित: ४ बैशाख २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei empowers Nepal’s green energy future with launch of FusionSolar9.0 Smart PV Solution

  • Technology Khabar
  • ४ बैशाख २०८३, शुक्रबार