
काठमाडौं ।
ह्वावेको पुरा ९० प्रो र पुरा ९० प्रो म्याक्स सँगसँगै ह्वावे पुरा ९० पनि आधिकारिक रुपमा अनावरण गरिएको छ। ह्वावे पुरा ९० मा ६,५००एमएएच ब्याट्रीको साथ पछाडि परम्परागत ट्रिपल क्यामरा सेटअप समावेश गरिएको छ।
ह्वावे पुरा ९० स्नो ह्वाइट, भेलभेट ब्ल्याक र रोल्याण्ड पर्पल रङ्गमा आउँछ। फोनको तौल केवल २१० ग्राम र ७.०एमएम पातलो भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
फोनमा अगाडि ६.८ इन्चको ठूलो स्क्रिन रहेको छ। २८५६×१३२०पिक्सेलको यो प्यानल ३०० हर्ज टच स्याम्पलिङ रेट सहितको एलटीपीओ १–१२०हर्ज ओएलईडी हो। साथै यो कुनलुन ग्लासले कभर गरिएको छ।
पुरा ९० ले आईपी६८/६९ को साथ २ मिटरसम्म पानीमा डुब्ने र सम्भावित पानी जेटबाट सुरक्षाको लागि रेटिङ्ग प्राप्त गरेको छ।
यो फोनमा ७एनएम किरिन ९०१०एस एसओसीको साथमा १२जीबी वा १६जीबी र्याम सहित ह्वावेको हार्मोनीओएस ६.१ समावेश गरिएको छ। साथै स्टोरेजमा २५६जीबी वा ५१२जीबी विकल्प उपलब्ध अुने बताइएको छ।
नन–प्रो पुरा ९० ले आफ्नो समकक्षहरूको तुलनामा ठूलो ६,५००एमएएच ब्याट्री समावेश गर्दछ। यो ब्याट्री प्रभावशाली १००वाट वायर्ड र ५०वाट वायरलेसमा चार्ज हुन्छ।
पुरा ९० को क्यामरातर्फ १३एमएम एफ/२.२ अल्ट्रावाइड (१२.५ मेगापिक्सेल), २४एमएम एफ/१.८ वाइड–एङ्गल (५० मेगापिक्सेल) र ८८एमएम एफ/२.२ पेरिस्कोप जुम (५० मेगापिक्सेल) भएको ट्रिपल सिस्टम रहेको छ। सेल्फी शूटरको लागि अगाडि अर्को ५० मेगापिक्सेल सेन्सर समावेश गरिएको छ।
मे १३ भन्दा पहिले आइपुग्ने ह्वावे पुरा ९० कालो, सेतो, र बैजनी गरी तीन रङ्गहरूमा उपलब्ध हुनेछ भने डिभाइस्को १२/२५६जीबी, १२/५१२जीबी र १६/५१२जीबी गरी तीनओटा कन्फिगरेसनहरू रहेका छन्।
प्रकाशित: ९ बैशाख २०८३, बुधबार