
काठमाडौं ।
सीएटीएलले मंगलबार आफ्नो नयाँ पुस्ताको प्रमुख ब्याट्री सार्वजनिक गरेको छ, जसमा गरिएको प्राविधिक सुधारका कारण हल्का ब्याट्री प्याकबाट एकपटक चार्जमा १ हजार किलोमिटरसम्म यात्रा गर्न सकिने क्षमता रहेको छ।
कम्पनीका प्रमुख प्राविधिक अधिकृत गाओ ह्वानले नयाँ किलिन ब्याट्री बढ्दो ऊर्जा दक्षता सम्बन्धी कडा नियमहरू सामना गरिरहेका चीन तथा अन्तर्राष्ट्रिय अटो निर्माता कम्पनीहरूको माग पूरा गर्न डिजाइन गरिएको बताएका रोयटर्सले उल्लेख गरेको छ।
कम्पनीले शेन्जिङ ब्याट्रीको सुधारिएको संस्करण पनि सार्वजनिक गरेको छ, जसले १० प्रतिशतबाट ९८ प्रतिशतसम्म चार्ज हुन ७ मिनेटभन्दा कम समय लाग्ने क्षमता राख्छ।
प्रकाशित: ९ बैशाख २०८३, बुधबार