
काठमाडौं ।
काठमाडौं । सामसंगले हालै दुईवटा नयाँ यूएसबी टाइप सी पावर डेलिभरी कन्ट्रोलर्स सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेका एसई८ए र एमएम१०१ पिडि कन्ट्रोलर्सले १०० वाटसम्मको पावर सपोर्ट गर्दछ ।
सामसंगको हालको सूपरफास्ट चार्जिंग जून ग्यालेक्सी एस १० ५जीमा छ, त्यसले २५ वाटको पावर मात्र सपोर्ट गर्दछ । त्यसैले अहिलेको यो सुधार उल्लेखनिय हो ।
सामसंगकाअनुसार नयाा पिडि कन्ट्रोलर्सहरु विभिन्न डिभाइसहरु जस्तै स्मार्टफोन, ट्याबलेट, कम्प्यूटर ल्यापटप र मनिटरहरुमा प्रयोग गर्न सकिन्छ ।

यो मध्ये एसई८ए को मास प्रडक्सन यसअघि नै शुरु भईसकेको कम्पनीले जानकारी दिएको छ ।
यो नयाँ पावर डेलिभरी कन्ट्रोलर एसई८एमा एउटा चिपमा नै पावर कन्ट्रोल राखिएको छ । यसलमा सुरक्षाको लागि इन्क्रिप्सन की, र इन्क्रिप्सन तथा डिभाइसका साथमा कन्फिडेन्सियल डाटाको डिकोडिंग पनि उपलब्ध छ ।
यसले यूएसबी टाइप सी सपोर्ट गर्दछ, जसले अनुमति नभएका उत्पादनहरुमा चार्ज गर्दैन् ।
त्यसैगरि एमएम१०१ ले भने सिमेन्ट्रिकल इन्क्रिप्सन अल्गोरिदम सपोर्ट गर्दछ ।
प्रकाशित: १४ जेष्ठ २०७६, मंगलवार