नेपाल टेलिकमले ल्यायो प्रिपेड तथा पोस्टपेड ग्राहकहरुका लागि लक्षित नयाँ वर्ष अफर

  • Technology Khabar | ३० चैत्र २०८२, सोमबार
नेपाल टेलिकमले ल्यायो प्रिपेड तथा पोस्टपेड ग्राहकहरुका लागि लक्षित नयाँ वर्ष अफर

काठमाडौं ।

नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई नयाँ वर्ष अफर २०८३ उपलब्ध गराउने भएको छ।

अफर अन्तर्गत न्यु इयर लाइट र न्यु इयर प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन्। न्यु इयर लाइट अन्तर्गत रु. ४९९ मा प्रतिदिन ५ जीबी डाटा उपलब्ध हुनेछ र ५ जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ।

त्यसैगरी न्यु इयर प्रिमियम अन्तर्गत रु. ६९९ मा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ र १० जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ।

कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार दुवै प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ। आज चैत ३० देखि आगामी २०८३ बैशाख २ गते सम्म अफर अन्तर्गतको प्याकेज खरिद गर्न सकिने छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ ।

नयाँ वर्ष २०८३ अफर प्राप्त गर्नका लागि मोबाइलबाट *१४१५*११# डायल गर्न सकिने छ। त्यसैगरी नेपाल टेलिकम एपबाट समेत सो प्याकेज खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: ३० चैत्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार