सम्पत्ति विवरण: प्रधानमन्त्री शाहले सामाजिक सञ्जालबाटै कमाए एक करोड ४६ लाख रुपैयाँ

  • Technology Khabar | ३० चैत्र २०८२, सोमबार
सम्पत्ति विवरण: प्रधानमन्त्री शाहले सामाजिक सञ्जालबाटै कमाए एक करोड ४६ लाख रुपैयाँ
प्रधानमन्त्री वालेन्द्र शाह शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग छलफलका क्रममा । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय / रासस

काठमाडौं ।

प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालबाट एक करोड ४६ लाख रुपैयाँ आम्दानी गरेका छन्।

सार्वजनिक भएको प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री शाहले सामाजिक सञ्जालबाट एक करोड ४६ लाख रुपैयाँ आम्दानी गरेका उल्लेख छ। प्रधानमन्त्रीले विशेष गरी फेसबुक, युट्युब र टिकटकबाट आम्दानी गरेको बिबरणमा लेखिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो । प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा रहेको १९० तोला सुन पैत्रिक रूपमा प्राप्त भएको उल्लेख छ। काठमाडौँ धनुषा र महोत्तरीमा बुबाआमाको नाममा घरजग्गा रहेको जनाइएको छ ।

सामाजिक सञ्जालबाट एक करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको विवरण उल्लेख गरेका छन भने उनको अन्य आम्दानीको स्रोत नरहेको देखिन्छ।

यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले श्रीमतीको नाममा काठमाडौँमा घर रहेको उल्लेख गरेका छन्। स्वदेश तथा विदेशमा गरेको कार्यबापतको तलबभत्ता र आम्दानीबाट घर जग्गा खरिद गरेको सञ्चारमन्त्रीले जनाएका छन्। उनको विवाहमा पुख्र्यौली सम्पत्तिबाट किनेको तथा उपहार प्राप्त गरेको सुन र चाँदी, १० लाख ३४ हजार ३८६ रुपैयाँ बराबरको बचत रहेको छ।

प्रकाशित: ३० चैत्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार