
काठमाडौं ।
ओप्पोले आफ्नो ए६सी अन्तर्राष्ट्रिय संस्करण अनावरण गरेको छ। चिनियाँ ए६सी भन्दा धेरै भिन्नताहरू रहेको यो फोनमा युनिसोक चिपसेट, ठूलो ७,००० एमएएच ब्याट्री र फरक क्यामरा आइल्याण्ड समावेश गरिएको छ।
सीपीएच२८९५ मोडेल नम्बर रहेको ग्लोबल ए६सीमा एचडीप्लस रिजोल्युसन र १२०हर्ज रिफ्रेस रेटको साथ ६.७५–इन्च आईपीएस एलसीडी समावेश गरिएको छ। यो डिभाइसमा ४जीबी एलपीडीडीआर४एक्स र्याम र १२८जीबी सम्मको यूएफएस २.२ स्टोरेजको साथ युनिसोक टी७२५० (टी६१५) चिपसेट रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
संशोधित क्यामरा आइल्याण्डमा १३ मेगापिक्सेलको मुख्य क्यामराको साथमा एक नाम नखुलाइएको सहायक लेन्स र एलईडी फ्ल्यास रहेको छ। फोनको अगाडि वाटरड्रप नोच भित्र राखिएको ५ मेगापिक्सेलको सेल्फी शूटर पनि रहेको छ।
ओप्पो ए६सीमा १५ वाट वायर्ड चार्जिङ र ५ वाट गतिमा यूएसबी–सीमा रिभर्स वायर्ड चार्जिङको लागि समर्थन सहितको ७,०००एमएएच ब्याट्री समावेश गरिएको छ। फोनले आईपी६४ इन्ग्रेस सुरक्षा, साइड–माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर र ३.५ एमएम हेडफोन ज्याक पनि प्राप्थ गरेको छ।
ओप्पो ए६सी फेदर ह्वाइट, स्टोन ब्राउन र फेदर पर्पल रङ्गहरूमा आउँछ। थाइल्याण्डमा फोनको ४/६४जीबी संस्करणको मूल्य ४,९९९ थाई भाट (१५३ अमेरिकी डलर) र ४/१२८जीबी ट्रिमको मूल्य ५,९९९ थाई भाट (१८४ अमेरिकी डलर) मूल्य कायम गरिएको छ। यो डिभाइस पहिले नै देशका साझेदार खुद्रा विक्रेताहरूबाट खुला बिक्रीको लागि उपलब्ध भएको बताइएको छ।
प्रकाशित: २६ चैत्र २०८२, बिहीबार