
काठमाडौं ।
ग्यालेक्सी एस२७ सिरिज २०२७ को सुरुवातमा डेब्यू हुने अपेक्षा गरिएको छ। ग्यालेक्सी एस२७ सिरिजमा चार मोडेलहरू समावेश हुन सक्ने बताइएको छ। सामसङले अब नयाँ ‘प्रो’ विकल्प पनि थप गर्ने भनिएको छ।
उद्योग स्रोतहरूलाई उद्धृत गरिएको ईटीन्युजको एक रिपोर्ट अनुसार सामसङ ग्यालेक्सी एस२७ लाइनअपमा ग्यालेक्सी एस२७, एस२७प्लस, एस२७ अल्ट्रा र नयाँ ग्यालेक्सी एस२७ प्रो समावेश हुनेछ।
आगामी ग्यालेक्सी एस२७ प्रो एक हाई–इण्ड मोडेल हुनेछ भने डिभाइसको अधिकांश हार्डवेयर ग्यालेक्सी एस२७ अल्ट्रा भेरियन्टसँग समान हुनुका साथै ग्यालेक्सी एस२६ अल्ट्रा सँग प्रस्तुत गरिएको प्राइभेसी डिस्प्ले सुविधा पनि समावेश गरिने रिपोर्टले दाबी गरेको छ। तर ग्यालेक्सी एस२७ प्रोमा एस पेनको लागि समर्थन भने समावेश नहुने थप उल्लेख गरिएको छ।
गत वर्ष पनि ग्यालेक्सी एस२६ प्रोको बारेमा रिपोर्टहरू बाहिर आए तापनि सामसङले ती दावीहरूलाई खारेज गर्दै अन्ततः ग्यालेक्सी एस२६, ग्यालेक्सी एस२६प्लस र ग्यालेक्सी एस२६ अल्ट्रा मात्र लन्च गरेको थियो।
ग्यालेक्सी एस२७ सिरिजको लन्चको लागि अझै केही समय बाँकी रहेको हुनाले यो पछिल्लो हल्ला सत्य हो कि होइन भनेर हेर्न केही समय पर्खनु पर्ने जीएसएमएरिनाले रिपोर्ट गरको छ।
प्रकाशित: २८ चैत्र २०८२, शनिबार