

काठमाडौं ।
एप्पलले आईप्याडओएस २६.५, म्याकओएस २६.५, भिजनओएस २६.५ र वाचओएस २६.५ सँगसँगै आईओएस २६.५ को पहिलो विकासकर्ता बिटा भर्सन रोल आउट गरेको छ। कम्पनीले प्रयोगकर्ताहरूलाई स्थिर आईओएस २६.४ र आईप्याडओएस २६.४ अपडेटहरू जारी गरेको एक हप्ता पछि आईओएस २६.५ बिटा भर्सन आएको हो।
आईओएस २६.५ बिटा १ अपडेटले धेरै बग समाधानहरू सहित केही साना परिवर्तनहरू प्रस्तुत गर्दछ। रिलीज नोटहरू अनुसार, डेभलपर्सले एप स्टोरमा नयाँ खरिद विकल्पहरू पनि देख्नेछन्।
प्लेटफर्ममा विज्ञापनहरू समावेश गर्न एप्पलको हालैको प्रयाससँग पङ्क्तिबद्ध गर्दै अपडेटले म्याप्स एपमा ‘सुझाव गरिएका स्थानहरू’ खण्ड प्रस्तुत गर्ने भनिएको छ। यो फिचर एप भित्र सर्च बक्स भित्र देखिनेछ।
आईओएस २६.५ बिटाले आरसीएस म्यासेजिङ, ईयूमा तेस्रो–पक्ष एक्सेसरिजको लागि लाइभ एक्टिभिटिहरू समर्थन, सुधारिएको एक्सेसरि पेयरिङ र नयाँ क्ष्लगपतष्तगत किबोर्ड लेआउट पनि प्रस्तुत गरेको छ।
आईओएस २६.५ बिटाले आईफोन र एन्ड्रोइड बीच मेसेज पठाउनेहरू बिच साझेदारी गर्नका लागि परिष्कृत विकल्पहरू प्रस्तुत गर्नुका साथै एप्पल बुक्समा नयाँ ‘इयर इन रिभ्यू फर २०२६’ सुविधाको सन्दर्भ पनि समावेश गर्ने जीएसएमएरिनाले रिपोर्टले गरेको छ।
प्रकाशित: १८ चैत्र २०८२, बुधबार