१२८ जीबी स्टोरेजको सामसङ ग्यालेक्सी एस२६ उपलब्ध

  • Technology Khabar | १६ चैत्र २०८२, सोमबार
१२८ जीबी स्टोरेजको सामसङ ग्यालेक्सी एस२६ उपलब्ध
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

आफ्नो ग्यालेक्सी एस२६ अल्ट्रा इन्टरप्राइज इडिशन डेब्यू गरेको एक हप्ता भन्दा अलि बढी समय पछि सामसङले ग्यालेक्सी एस२६ को कर्पोरेट–एक्सक्लुसिभ संस्करण पनि प्रस्तुत गरेको छ।

एस२६ इन्टरप्राइज एडिशनमा २५६ जीबी स्टोरेज र १२८ जीबी स्टोरेजसहितको दुई संस्करणहरू रहेका छन्। एस२६ इन्टरप्राइज इडिशनको २५६ जीबी स्टोरेजको मूल्य ८९९ पाउन्ड स्टर्लिङ रहेको छ भने १२८ जीबी स्टोरेज भएको विकल्पको खुद्रा मूल्य ६६० पाउन्ड स्टर्लिङ कायम गरिएको छ।

नियमित ग्यालेक्सी एस२६ २५६ जीबी स्टोरेजबाट सुरु हुन्छ भन्ने कुरालाई विचार गर्दा १२८ जीबी स्टोरेज संस्करण धेरै अनौठो देखिएको छ। साथै डिभाइसको २३९ पाउन्ड स्टर्लिङको कम सुरुवाती मूल्य पनि उल्लेखनीय भएको बताइएको छ। तर यो नियमित फोन नभएको र उपभोक्ताको रूपमा किन्न नसकिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

बाँकी इन्टरप्राइज एडिसन फोनहरू जस्तै यो व्यापार/कर्पोरेट ग्राहकहरूको लागि विशेष रुपमा लक्षित गरिएको र डिभाइसमा सामसङको पर्सनल डाटा इन्जिन, सामसङ नक्स सुइटको एक वर्षको सदस्यता र तीन वर्षको बढेको व्यापार समर्थन जस्ता सामान्य इन्टरप्राइज सुविधाहरू उपलब्ध हुनेछन्।

सामसङको नक्स सुइटले कम्पनीको आईटी विभागहरूलाई फोनहरूको फ्लीटहरू टाढाबाट व्यवस्थापन गर्न अनुमति दिनुका साथै मालवेयर र अन्य साइबर सुरक्षा खतराहरू विरुद्ध बढ्दो सुरक्षा प्रदान गर्नेछ।

प्रकाशित: १६ चैत्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...