नाडा प्रतिनिधि मण्डलद्वारा बागमती प्रदेशका मुख्यमन्त्रीसँग भेटघाट तथा छलफल

  • Technology Khabar | ११ चैत्र २०८२, बुधबार
नाडा प्रतिनिधि मण्डलद्वारा बागमती प्रदेशका मुख्यमन्त्रीसँग भेटघाट तथा छलफल

काठमाडौं ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले बागमती प्रदेशका माननिय मुख्यमन्त्री इन्द्रवहादुर बानियासँग भेटगरी अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत रुपमा छलफल गरेको छ।

भेटघाटमा मुख्यमन्त्री बानियाँले ५० वर्ष पुगेको नाडासँग राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र तीनै तहको सरकारको अनुभव रहेको भन्दै नाडाको प्रसंशा गरे। सो छलफलमा उनले देशको ५० प्रतिशत सवारी साधन बागमती प्रदेशमा नै दर्ता हुने गरेको सन्दर्भमा राजधानीमा ट्राफिक र पार्किङ्ग लगायतका विभिन्न समस्याहरु रहेकोले यसको समाधानका लागि प्रदेश सरकार र नाडा सहकार्य गरेर अघि बढनु पर्ने धारणा राखे।

देशका लागि आवश्यक हुने जनशक्ति तयार गर्ने, त्यसका लागि रोजगारी दिने र सवारी साधनहरुका लागि ट्रायल सेण्टर खोल्ने सम्बन्धमा पनि प्रदेश र नाडाविच सहकार्य गरेर अघि बढन सकिने उनले थप बताए।

नाडा ७ वटा प्रदेश सहित २८८३ सदस्य कम्पनीहरु रहेको, नेपालको अटोमोबाइल क्षेत्रमा १ खर्बभन्दा बढीको लगानी रहेको तथा अटोमोबाइल क्षेत्रमा वार्षिक ५००० जनशक्तिको आवश्यकता हुने बताउँदै उनले नाडाले बागमती प्रदेश सरकारसँग कुन कुन क्षेत्रमा सहकार्य गरेर अघि बढन सकिन्छ भन्ने मोडालिटी तयार गरेर पेश गरिने बताए।

निवर्तमान अध्यक्ष करण चौधरीले नेपालको प्रतिभा पलायनलाई रोक्न नेपालको अटोमोबाइल क्षेत्रले सक्दो प्रयत्न गरिरहेको, सीपमूलक तालिम कार्यक्रमहरु सञ्चालन गरिरहेको भन्दै प्रदेश सरकारसँग हातेमालो गरेर अघि बढन चाहेको धारणा राखे।

विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोबाइल प्रविधि तीव्र गतिले परिवर्तन भइरहेकोले सोही स्तर र प्रकारको प्राविधिक जनशक्ति उत्पादन गर्दे जानु पर्ने चुनौती रहेको, नाडाले यसका लागि परिस्कृत पाठयक्रम समेत तयार गरिरहेको, आवश्यक तालिमका लागि संशाधनको अभाव मात्र होइन उस्तै ट्रेनरहरु समेतको खाँचो रहेको औंल्याए।

नाडाका संस्थागत उपाध्यक्षद्धय भद्र भण्डारी तथा गणेश भट्टराई, उपाध्यक्षद्धय विक्रम सिंहानिया तथा अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल, सहकोषाध्यक्ष निलमणी पाठक, नाडाका केन्द्रीय कार्य समिति सदस्य दिपकराज गिरी, नारायणप्रसाद पौडेल र राजेश गिरी समेतको उपस्थिति रहेको थियो।

प्रकाशित: ११ चैत्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार