माघ मसान्तसम्म १ करोड ४० लाख रुपैयाँ हाराहारीको साढे ८ सय थान एटीएम मेशिन आयात

  • Technology Khabar | १४ फाल्गुन २०८२, बिहीबार
माघ मसान्तसम्म १ करोड ४० लाख रुपैयाँ हाराहारीको साढे ८ सय थान एटीएम मेशिन आयात
सांकेतिक तस्बिर

काठमाडौं ।

नेपालमा एटीएम मेशिनको आयात बढ्दो मात्रामा रहेको पाइएको छ। यो प्रवृत्ति प्रत्येक महिना बढ्दै गइरहेको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को माघ महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार नेपालमा ८ सय ५८ थान एटीएम मेशिन आयात भएको छ।

उक्त अवधिसम्म आयात भएको ८ सय ५८ थान एटीएम मेशिनका लागि देशबाट १ करोड ३९ लाख ६४ हजार रुपैयाँ बाहिरिएको छ।

सरकारले उक्त परिमाणको एटीएम मेशिन आयातबाट यो अवधिमा ४१ लाख ८३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा छिमेकी चीन र भारतसहित कतार, यूएई र संयुक्त राज्य अमेरिकाबाट एटीएम मेशिन आयात भएको छ।

यो अवधिमा सबैभन्दा बढी भारतबाट ३ करोड ८८ लाख ७० हजार बराबरको ५९८ थान तथा चीनबाट ७६ हजार बराबरको १५३ थान एटीएम मेशिन आयात भएको छ।

यस्तै कतारबाट १ हजार बराबरको ५ थान, यूएईबाट मूल्य उल्लेख नभएको १ थान र संयुक्त राज्य अमेरिकाबाट ९ लाख ११ हजार बराबरको एक थान एटीएम मेशिन नेपाल भित्रिएको तथ्याङ्कले देखाएको छ।

यस्तो छ तथ्याङ्क

क्र संदेशविवरणरकम
चीन१५३७६
भारत५९८३८८७
कतार
यूएई
अमेरिका९११

प्रकाशित: १४ फाल्गुन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार