
काठमाडौं ।
२०२५ को फेब्रुअरीमा लन्च गरिएको भिभो वाई०४ को उत्तराधिकारी रुपमा अब त्यसको ठीक एक वर्ष पछि भिभो वाई०५ ले मध्य पूर्वमा डेब्यू गरेको छ।
यो फोनमा १२० हर्ज रिफ्रेस रेट र १,२०० निट पीक ब्राइटनेसको साथ ६.७४ इन्चको ७२०×१६०० आईपीएस एलसीडी स्क्रिन रहेको छ। फोरजी–वन्लि युनिसोक टी७२२५ एसओसी द्वारा संचालित यो डिभाइसमा ४जीबी र्याम र ६४÷१२८जीबी विस्तारयोग्य स्टोरेज समावेश गरिएको छ। फोनको पछाडि ८ मेगापिक्सेलका क्यामरा र सेल्फीहरूको लागि ५ मेगापिक्सेलको शूटर प्राप्त गरिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
वाई०५ मा मेटल (धातु) फ्रेम र पछाडिको भाग प्लास्टिकको रहेको छ भने पावर बटनमा साइड–माउन्टेड फिङ्गरप्रिन्ट सेन्सर इम्बेड गरिएको छ। साथै धुलो र स्प्ल्याश प्रतिरोधको लागि आईपी६५ रेटिङ र पछाडि आरजीबी नोटिफिकेसन एलईडी रहेको छ। डिभाइसका रहेको ६,५०० एमएएच ब्याट्रीले १५वाट वायर्ड चार्जिङलाई समर्थन गर्दछ।
यो ह्यान्डसेट भिभोको ओरिजिनओएस६ माथि एन्ड्रोइड १६ मा चल्ने बताइएको छ। डिभाइसको मापन १६७.४ × ७७.१ × ८.४ एमएम छ र तौल २०९ ग्राम रहेको छ। वाई०५ कालो र सेतो रङ्गमा उपलब्ध हुनेछ भने डिभाइसको मूल्य १०९ अमेरिकी डलर कायम गरिएको छ।
प्रकाशित: १४ फाल्गुन २०८२, बिहीबार