Technology Khabar २३ बैशाख २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । भारतमा टेलीकम कम्पनीहरुबिच ग्राहकलाई सुविधा दिएर आकर्षित गर्न तिब्र प्रतिस्पर्धा हुने गरेको छ । टेलीकम कम्पनीहरुले आफ्नो बजार बिस्तार गर्न विभिन्न रणनीतिहरु अपनाउने गरेका छन् ।
यसै सिलसिलामा भारतीय टेलीकम कम्पनी भोडाफोन आइडियाले लगातार नयाँ प्लानहरु ल्याइृरहेको छ । अब कम्पनीले धेरैभन्दा धेरै ग्राहकसंख्या बढाउनका लागि नयाँ किसिमको योजना ल्याएको छ । जसमा ग्राहकले घर बसेर नै कम्पनीको सिम पाउन सक्नेछन् ।
कम्पनीले प्रिपेड सिम घरमा नै पुर्र्याईदिने अफर ल्याएको छ । नयाँ सिम घरमा नै माग्नको लागि ग्राहकले कम्पनीको वेबसाइटमार्फत अनुरोध गर्नुपर्ने हुन्छ ।
सो वेबसाइटमा प्रिपेड एकाउन्ट सेक्सनमा गएर सो अप्शन छनौट गर्न सक्नेछन् । जहाँ ग्राहकलाई अफर दिईएको छ । नयाँ ग्राहकहरुलाई कम्पनीले सिम घरमा नै पठाउनेछ । वेबसाइटले ग्राहकलाई नयाँ सिमका साथमा दिईने नयाँ प्लानको बारेमा बताउने छ र ग्राहकको लोकेसच पनि जाँचेर कम्पनीले सिम घरमा नै पुर्याईदिनेछ ।
घरमा नै भोडाफोन आईडियाको सिम मगाउनका लागि कस्टमर्रले फर्म भर्नुपर्ने हुन्छ । जसमा ईमेल एड्रेस, मोबाइल नम्बर, घरको ठेगाना र पिन दर्ता गर्नुपर्ने हुन्छ । सबै डिटेल राखेपछि कम्पनीले ग्राहकको लोकेशन चेक गर्नेछ र लोकेशनमा डेलिभरी चेक गरेपछि उपलब्धताको आधारमा कम्पनीले ग्राहकको घरमा नै सिम पठाउनेछ ।
तर घरमा आईपुगेको सिमका साथमा ग्राहकले कम्तिमा भारु २४९ को रिचार्ज गराउनुपर्ने हुन्छ । यो रकममा १.५ जीबीको डाटा प्रत्येक दिन निरन्तर २८ दिनसम्म उपलब्ध हुनेछ भने लोकल र एसटीडी कल निशुल्क हुनेछ । साथमा म्यासेजको सेवा पनि निशुल्क दिईएको छ ।
सो प्लान सकिएपछि ग्राहकले आफ्नो सुविधाअनुसार अन्य प्लान छनौट गर्न सक्नेछ ।
भारतीय बजारमा यस्तो सुबिधा रिलायन्स जियोले यसअघि नै शुरु गरिसकेको थियो । अब भने भोडाफोन आईडियाले पनि त्यस्तै सुबिधा ग्राहकहरुलाई दिएपछि दुबै कम्पनीबिच बजारमा चर्को प्रतिस्पर्धा हुने देखिएको छ । एजेन्सी
प्रकाशित: २३ बैशाख २०७६, सोमबार