यी हुन् एप्पलले अर्को हप्ता रिलिज गर्ने योजना बनाएका नयाँ डिभाइसहरु

  • Technology Khabar | १२ फाल्गुन २०८२, मंगलवार
यी हुन् एप्पलले अर्को हप्ता रिलिज गर्ने योजना बनाएका नयाँ डिभाइसहरु
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलले अर्को हप्ता न्यूयोर्क, लन्डन र सांघाईमा “विशेष एप्पल एक्सपिरियन्स” कार्यक्रम आयोजना गर्दैछ। उक्त कार्यक्रम बुधबार, मार्च ४ मा आयोजना हुने तय गरिएको छ।

यो कार्यक्रम वास्तविक मुख्य भाषण भने नहुने र त्यसको सट्टा एप्पलले मिडिया सदस्यहरूका लागि नयाँ डिभाइसहरू परीक्षण गर्न ह्यान्ड्स–अन एक्सपिरियन्सेस (प्रत्यक्ष अनुभवहरू) आयोजना गर्नेछ।

ब्लूमबर्ग न्यूजका मार्क गर्मनले मार्च २ र मार्च ४ को बीचमा प्रेस विज्ञप्तिको रूपमा मुट्ठीभर घोषणाहरू देखिने सुझाव दिएका छन्। कार्यक्रममा नयाँ आईप्याड र म्याकबुकहरूसँगै नयाँ आईफोन १७ई घोषणा गरिने बताइएको छ।

एप्पलले ११ र १३–इन्च आकारहरूमा एप्पल एम४ चिप सहितको नयाँ आईप्याड एयर मोडेलहरूसँगै नयाँ इन्ट्री–लेभल आईप्याड डेब्यू गर्ने तयारिमा रहेको उल्लेख गरिएको छ। उक्त नयाँ इन्ट्री–लेभल आईप्याडले एप्पल ए१८ चिपसेट प्राप्त गर्नेछ।

एप्पल अन्ततः ए१८ प्रो चिप र धेरै रङ विकल्पहरू सहितको आफ्नो लामो समयदेखि अफवाहममा रहेको इन्ट्री–लेभल म्याकबुक (जे७००) डेब्यू गर्ने भएको छ।

निमन्त्रणा पोस्टरमा देखिएका रङहरू जस्तै पहेँलो, हरियो र नीलो रङ्गहरू उस्तै हुने हल्ला रहेको छ भने अघिल्ला हल्लाहरूले गुलाबी, चाँदी र गाढा खैरो विकल्पहरूको पनि सुझाव दिएका छन्। एप्पलले अपग्रेड गरिएको एम५, एम५ प्रो र एम५ म्याक्स चिपहरू सहित नयाँ म्याकबुक एयर र प्रो मोडेलहरू पनि लन्च गर्ने अपेक्षा गरिएको छ।

डेयरिङ फायरबलका जोन ग्रुबरले दिन–दिनै नयाँ एप्पल उत्पादनहरूको रोलआउट देखिने विश्वास व्यक्त गर्दै तिनीहरूको लन्च अर्डरको भविष्यवाणी पनि गरेका छन्। ब्लग पोस्टका अनुसार, सोमबार आईफोन १७ई, त्यसपछि मंगलबार नयाँ आईप्याडहरू र बुधबार नयाँ म्याकबुकहरूको घोषणा गरिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १२ फाल्गुन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार