ह्वाट्सएपले चाँडै नै शेड्यूल्ड मेसेजेज नामक सुविधा प्रस्तुत गर्दै

  • Technology Khabar | ११ फाल्गुन २०८२, सोमबार
ह्वाट्सएपले चाँडै नै शेड्यूल्ड मेसेजेज नामक सुविधा प्रस्तुत गर्दै
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

ह्वाट्सएपले चाँडै नै सबै प्रयोगकर्ताहरूका लागि च्याटमा सन्देशहरूलाई स्वचालित रूपमा पठाउनको लागि सन्देशहरूलाई तालिकाबद्ध गर्न सकिने सुविधा प्रस्तुत गर्ने भएको छ।

ह्वाट्सएपले मेसेज शेड्यूलिङ (सन्देश–तालिकाबद्ध) सुविधामा काम गरिरहेको र उक्त सुविधाले व्यक्तिगतका साथै ग्रुप (समूह) च्याट दुवैमा काम गर्ने अपेक्षा गरिएको छ।

डब्ल्यूएबीटाइन्फोका व्यक्तिहरूले यो जानकारीको बारेमा खुलासा गरेको हुन्। उनीहरूले आईओएसको लागि व्हाट्सएपको बीटा संस्करण २६.७.१०.७२ मा विकासको क्रममा भएको सुविधाको बारेमा पत्ता लगाएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

शेड्यूल्ड मेसेजेज भनिने यो सुविधाले प्रयोगकर्ताहरूलाई पहिले नै सन्देशहरू तालिकाबद्ध (शेड्यूल्ड) गरेर सन्देशहरू स्वचालित रूपमा पठाउन अनुमति दिनेछ। यो सुविधामार्फत मेसेज (सन्देश) टाइप गरेर स्वचालित रूपमा डेलिभर गर्न चाहेको मिति र समय छनौट गर्न सकिने छ।

शेड्यूल्ड मेसेजेज च्याट इन्फो स्क्रिनमा “शेड्यूल्ड मेसेजेज” खण्डमा प्रदर्शित हुनेछन् भने प्रयोगकर्ताहरूले डेलिभर हुनु अघि तिनीहरूलाई मेटाउन पनि सक्नेछन्।

सार्वजनिक गरिएको स्क्रिनसटमा ग्रुप च्याटको लागि शेड्यूल्ड मेसेजेज सुविधा देख्न सकिन्छ र व्हाट्सएपले प्रयोगकर्ताहरूलाई व्यक्तिगत च्याटको लागि सन्देशहरू तालिकाबद्ध गर्नबाट रोक्नको लागि कुनै कारण नदेखिएको थप उल्लेख गरिएको छ।

विकासको क्रममा रहेको शेड्युल्ड मेसेजेज सुविधा बिटा प्रयोगकर्ताहरूका लागि अझै पनि उपलब्ध नभएको हुनाले योजनाहरू परिवर्तन हुन सक्ने बताइएको छ। यो सुविधालाई सार्वजनिक रूपमा रिलीज गरिने कुनै निश्चितता नभएको थप उल्लेख गरिएको छ।

प्रकाशित: ११ फाल्गुन २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Karvika Thapa to speak at Harvard University on AI, startups, and Nepal’s economic transformation

  • Technology Khabar
  • ११ फाल्गुन २०८२, सोमबार