सात महिनामा २७ अर्ब रुपैयाँ हाराहारीको १४ लाख थानभन्दा बढी स्मार्टफोन आयात

  • Technology Khabar | ११ फाल्गुन २०८२, सोमबार
सात महिनामा २७ अर्ब रुपैयाँ हाराहारीको १४ लाख थानभन्दा बढी स्मार्टफोन आयात
सांकेतिक तस्बिर

काठमाडौं ।

चालु आर्थिक वर्षको सातौं महिना माघ मसान्तसम्म नेपालमा २६ अर्ब ६८ करोडभन्दा बढीको १४ लाख थानभन्दा बढी स्मार्टफोन आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को माघसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयात अझ वृद्धि हुँदै गइरहेको पाइएको हो।

माघ मसान्तसम्म समग्रमा २६ अर्ब ६८ करोड  ७३ लाख ३५ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। यस अवधिमा उक्त रकम बराबरको १४ लाख १४ हजार ९३८ थान स्मार्टफोन आयात भएको विवरणमा उल्लेख छ।

यस अवधिमा सरकारले स्मार्टफोनको आयातबाट ४ अर्ब ९७ करोड ८० लाख ६५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा यो अवधिमा ५४ मुलुकबाट स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। यो अवधिमा पानि चीनबाट २१ अर्ब ३२ करोड ६१ लाख ९ हजार रुपैयाँ बराबरको १२ लाख ४ हजार ५७७ थान स्मार्टफोन आयात भएको छ।

यसैगरी भारतबाट ४ अर्ब ९५ करोड ३९ लाख १४ हजार रुपैयाँ बराबरको २ लाख ४ हजार ६५८ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

यसबाहेक विश्वका अन्य ५२ मुलुकबाट पनि यो अवधिमा विभिन्न परिमाण र रकमका स्मार्टफोनहरु भित्रिएका छन् जसमध्ये शीर्ष १५ कारोबार तलको तालिकामा देखाइएको छ:

क्रं सदेशविवरण (थान)रकम (हजारमा)
अस्ट्रेलिया१९६८८४२८४
बंगलादेश२५२७८८
चीन१२०४५७७२१३२६१०९
हङकङ४१४५४९
भारत२०४६५८४९५३२१४
इजरायल१७३०१४
जापान७२९६१३३८
दक्षिण कोरिया३२५२४६०५
कुवेत१७५४५
१०मलेसिया३७२३२४
११कतार६५४१९३८२
१२साउदी अरेबिया२०२१३८
१३यूएई७५५७३२२९
१४बेलायत१२७१३६६५
१५अमेरिया७४२८८९७७

प्रकाशित: ११ फाल्गुन २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार