
काठमाडौं ।
टर्कीका मौसमविद् हसन टाटलीले ६० घण्टा अघि अप्रत्याशित मौसमी जोखिमहरू पत्ता लगाउन सक्ने एउटा प्रारम्भिक चेतावनी प्रणाली विकास गरेका छन्।
यो मोडेलले उष्ण लहर, चिसो झट्का, गम्भीर आँधीबेहरी र द्रुत रूपमा विकास भइरहेको खडेरी जस्ता घटनाहरू पहिचान गर्ने ‘कानाक्कले ओन्सेकिज मार्ट विश्वविद्यालय’ का प्राध्यापकले बताएका छन्।
यो अध्ययन रोयल मेटेरोलोजिकल सोसाइटीको त्रैमासिक जर्नलमा प्रकाशित छ र परम्परागत पूर्वानुमानको सीमितताहरू पार गर्ने चार–आयामी गतिशील मोडेल प्रस्तुत गर्दछ।
प्रणालीले जटिल वायुमण्डलीय डाटालाई ० देखि १ सम्म सिङ्गल रिस्क इन्डेक्स (एकल जोखिम सूचकांक) मा अनुवाद गर्दछ र अधिकारीहरूका लागि चेतावनीलाई अझ बुझ्न सकिने बनाउने छ।
प्रविधिले विशेष गरी खडेरी, बाढी र गर्मीका लहरहरूबाट गम्भीर रूपमा प्रभावित कृषि क्षेत्र र शहरहरूलाई मद्दत गर्न सक्ने टाटलीले बताएका छन्।
प्राकृतिक घटनाहरूलाई प्रकोपमा परिणत हुनबाट रोक्नको लागि समयमै गरिने तयारी निर्णायक कारक हुनेछ भनि उनले थप बताएको टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ७ फाल्गुन २०८२, बिहीबार