पुस मसान्तसम्म १२ करोड हाराहारीको ४६ हजारभन्दा बढी स्मार्टवाच आयात

  • Technology Khabar | १७ माघ २०८२, शनिबार
पुस मसान्तसम्म १२ करोड हाराहारीको ४६ हजारभन्दा बढी स्मार्टवाच आयात

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को छैटौं महिना पुस मसान्तसम्म १२ करोड हाराहारीको स्मार्टवाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को उक्त अवधिसम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो उल्लेख छ।

यो अवधिमा ११ करोड ८२ लाख १४ हजार बराबरको ४६ हजार १५७ थान स्मार्टवाच आयात भएको छ। पुस मसान्तसम्म स्मार्टवाचका लागि यो रकम देशबाहिर जाँदा सरकारले ३ करोड ५५ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा नेपालमा विश्वका २० मुलुकबाट उक्त  स्मार्टवाच आयात भएको देखिन्छ।

उक्त अवधिसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै ३९ हजार ८६२ थान स्मार्टवाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य ९ करोड ३१ लाख ५२ हजार रुपैयाँ रहेको छ।

यसैगरी भारतबाट ८९ लाख ४५ हजार बराबरको ५ हजार ६९५ थान र भियतनामबाट १ करोड ५२ लाख ९७ बराबरको ३६१ थान स्मार्टवाच भित्रिएको छ।

यस्तो छ विवरण:

क्रसंदेशविवरणरकम (हजारमा)
अस्ट्रेलिया४४
बहराइन१०
क्यानडा
चीन३९८६२९३१५२
जर्मनी
भारत५६९५८९४५
इजरायल
कुवेत२९१९
लेबनन
१०मलेसिया
११ओमन
१२फिलिपिन्स५१
१३कतार१३
१४साउदीअरेबिया१६
१५ताइवान१६५
१६थाइल्याण्ड८६
१७यूएई११२१४०
१८बेलायत१४१३१
१९अमेरिका१३१४७
२०भियतनाम३६११५२९७

प्रकाशित: १७ माघ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार